arrow

देशभर जहाँसुकैबाट पनि मतदाता नामावलीमा नाम भर्न सकिने

साउन मसान्तसम्म थपियो म्याद

logo
प्रकाशित २०७४ साउन ३ मंगलबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने समय थप गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नामावली संकलनको समय साउन मसान्तसम्मको लागि थप गरेको हो । तर, आयोगले थप गरिएको समयमा भने मतदाता नामावली संकलन अभियानको स्वरुप बदल्ने भएको छ । 

आयोगका मतदाता शिक्षा सम्बन्धी फाँटका उपसचिव नवराज ढकालका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरु नै आफ्नै परिवारका सदस्यहरुको समेत मतदाता नामावलीमा नाम नभएका कारण चुनाव हार्नुपरेको अवस्थालाई मध्यनजर गरी जिल्लामा अहिले सञ्चालित नामावली संकलन अभियानमा सहभागीहुनेहरुको घुईँचो लाग्न थालेको छ । यसले गर्दा पनि आयोग समय थप गर्न तयार रहेको हो । 

साथै, विभिन्न राजनीतिक दलहरुले पनि आफ्नो तर्फबाट नामावली संकलनको समयावधि बढाउन आग्रह गरेकोले पनि समय थप गर्न थब दबाब महशुस गरेको आयोगले जनाएको छ । आयोगले आगामी १६ गतेदेखि ७ सय ४४ वटै स्थानीय तहमा मतदाता नामावलीको लागि विशेष अभियान चलाउने भएको छ । तर, १५ गतेसम्म भने अहिलेकै स्थितीमा मतदाता नामावलीको काम जारी राखिने आयोगले जनाएको छ । 

अब काठमाडौंमा बसोबास गरिरहेका काठमाडौं उपत्यका तथा बाहिरका मतदाताहरुले पनि आफू बसेकाे ठाउँ नजिकै निर्वाचन आयोगले तोकेको ठाउँबाट नामावलीमा नाम भर्न सक्ने बताईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ