arrow

काठमाडौंमा झण्डै १२ प्रतिशतले घट्यो मूल्यबृद्धि, पहाडको बजार सबैभन्दा महंगो 

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
clean-kathmandu.jpg.jpeg

काठमाडौं । तपाईँलाई लाग्छ काठमाडौंमा महंगी एकदमै न्यून भएको छ भन्नेमा ? लाग्दैन भने पनि अब विश्वास गर्नै पर्छ । किनभने केन्द्रीय बैंकले यो वर्षको पहिलो ११ महिनाको विश्लेषणको आधारमा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । 

उक्त प्रतिवेदनले पहिलो ११ महिनामा पहाडी भेगमा सबैभन्दा बढी महंगी बढेको देखाएको छ । उपभोक्ताहरुको हकमा मूल्यबृद्धिदर पहाडमा चार, तराईमा ३.१, हिमालमा १.८ र काठमाडौँ उपत्यकामा १.४ प्रतिशत रहेको रिपोर्टले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १२, तराईमा ९.५, हिमालमा १०.२ र काठमाडौँ उपत्यकामा १३ प्रतिशत रहेको थियो । 

मुलुकको समग्र आर्थिक अवस्थाको समीक्षामा व्यापार घाटा रु आठ खर्ब २७ अर्ब ९५ करोड पुगेको छ । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३३ प्रतिशतले बढी उक्त बिन्दुमा पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.१ प्रतिशत रहेको थियो । 

केन्द्रीय बैंकका अनुसार भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, मेची भन्सार कार्यालय र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाबाट भएको निर्यातमा केही वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार, भैरहवा भन्सार र कैलाली भन्सार नाकाबाट भएको आयातमा कमी आएको तथा अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । 

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति एक प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ११.९ प्रतिशत थियो । दलहन तथा गेडागुडीको मूल्यमा १७.५, तरकारीको मूल्यमा १६.३ र घ्यू तथा तेलको मूल्यमा एक प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ