arrow

 मध्यपूर्वको तनावबारे  पाकिस्तानको चासो 

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
Pakistan-Flag.jpg.jpeg

इश्लामावाद (पाकिस्तान) । पाकिस्तानको भ्रमणमा कुनै पूर्व कार्यक्रम तय नगरी मङ्गलबार एक्कासी इश्लामावाद आएका  कतारका विदेशमन्त्री शेख मोहम्मद विन अव्दुलरहमान अलथानीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफसँग भेट गरेका छन्। 

भेटमा विदेशमन्त्री शेख मोहम्मदसँग पाकिस्तानी प्रधानमन्त्री सरीफले मध्य पूर्वमा पछिल्ला केही हप्तायता बिकशित भएको तनावप्रति चासो व्यक्त गरेका छन् । 

साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, इजिप्ट, यमन र मालदिभ्सले कतारसँग सम्वन्ध विच्छेद गरेपछि पाकिस्तान पुग्ने शेख मोहम्मद पहिलो उच्चाधिकारी हुन् । यी मुलुकले कतारले आतङ्कवादलाई सहयोग पुर्याएको भन्दै गत महिनाको जुन ५ गतेदेखि कतारसँगको कुटनैतिक सम्वन्ध तोडेको घोषणा गर्दै कतार विरुद्ध नाकाबन्दी लगाएका वेला भएको उनको भ्रमणलाई समस्या समाधान गर्ने पहलका रूपमा भएको भ्रमण भएको अनुमान गरिएको छ । 

प्रधानमन्त्री सरीफको कार्यालयले मङ्गलबार एक विज्ञप्ति जारी गरी भनेको छ, शेख मोहम्मदले अन्य खाडीमुलुकले कतारलाई राखेका मागबारे र आफ्नो देशको अडानका बारेमा जानकारी गराउनुभएको छ । 
भेटमा सरीफले समस्याको समाधान खोज्न कतारी इमीर तथा कुवेतले लिएको अडानको प्रशंसा गरेका थिए

सरीफले कतार र पाकिस्तानबीच भातृत्वको सम्वन्ध रहेको जनाउदै पाकिस्तानले मध्यपूर्वको समस्यासमाधानमा इमान्दार सहयोग गर्ने बताए । सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ