arrow

जुवाखालबाट पक्राउ परेका गायक बद्री पंगेनीले ढाँटे  संचारकर्मी र शुभेच्छुकलाई

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
badri-pangeni.jpeg

काठमाडौं । लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष गायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेका छन् ।

पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका पंगेनी मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेका हुन् । 

जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंज प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिए । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ । जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताएका छन् । तर उनका निकटस्थहरुले भने उनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको बताएका छन् । 

उनी काठमाडौका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ । अधिकांश समय जुवामा विताउने गरेकै कारण अहिले सम्म कमाएको पैसाको ठोस उपयोग पनि गर्न नसकेको भन्दै उनका निकटस्थहरुले पहिले देखि नै संझाउने गरेका थिए । 

उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् । पंगेनी अध्यक्ष रहेको प्रतिष्ठानको बैठक अहिले उनको उपस्थीति विना बस्न लागि रहेको छ । पंगेनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको हो । गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका छन् । तर प्रतिष्ठानका पदाधिकारी र प्रहरी अधिकारीहरुले पंगेनी हिरासतमै रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ