arrow

प्रहरी र सशस्त्रको दुष्मनी सकिँदै , साथी–साथी एक ठाउँमा

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
Rai-&-aryal-fnl.jpg.jpeg
काठमाडौ । लामो समय देखि पानी बाराबारको अवस्थामा पुगेको दुई सुरक्षा निकायका विचमा संवन्ध सुधारको सकारात्मक संकेतहरु देखापरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विचमा संवन्ध सुधारको संकेतहरु देखिन थालेका हुन । एक संगठनले अर्को संगठनका काम र क्षेत्राधिकार माथी आलोचना र हस्तक्षेप गर्दै आईरहेका दुवै संगठनका विचमा संवन्ध सुधारको मुख्य कारण भने नेतृत्व नै हो । सशस्त्र प्रहरीको महानिरिक्षकमा दुर्जकुमार राई नियुक्त हुनु र गृहमन्त्री शक्तिबहादुर बस्नेतको “लो प्रोफाईल” भएकाले बढी चलखेल गर्न नभ्याएका कारण संवन्ध सुधारमा सजिलो भएको हो । 
 
त्यस वाहेक यी दुई संगठनको विचमा संवन्ध सुधारको मुख्य आधार भने दुवै संगठनका नेतृत्वकर्ता विचको सुमधुर संवन्ध नै हो । नेपाल प्रहरीको महानिरिक्षक रहेका उपेन्द्रकान्त अर्याल र शसस्त्र प्रहरीको महानिरिक्षक रहेका दुर्जकुमार राई २०४३ सालमा एउटै ब्याचमा प्रहरी निरीक्षक बनेका प्रहरी अधिकारीहरु हुन् । 
 
दुई जना विचको यही संवन्ध र संयोगको सदुपयोग गर्न नेपाल प्रहरीका महानिरिक्षक अर्याल केही उच्च अधिकारीहरु सहित केही दिनअघि शसस्त्र प्रहरीको मुख्यालय हलचोकमै पुगेर नवनियुक्त प्रहरी महानिरिक्षक राईलाई बधाई दिएका थिए । त्यसको जवाफमा शसस्त्रका महानिरिक्षक राईले आज विहिवार आफ्ना ९ जना डिआइजी र ५ जना एआइजीको फौज सहित प्रहरीका महानिरिक्षक अर्याललाई भेट्न प्रहरी प्रधान कार्यालय नक्साल जादैछन् । उनीहरुको भेट र छलफल दिउसो ३ बजेपछि सुरु हुने र लामो समय सम्म चल्ने एक प्रहरी अधिकारीले बनाएका छन् । उनका अनुसार दुवै संगठनका उच्च अधिकारीहरु सहितको भेटवार्ता संवन्ध सुधार र सहकार्यकै विषयमा केन्द्रीत गर्ने तयारी भईरहेको छ । 
 
नेपाल प्रहरीका महानिरिक्षक अर्यालसंग तत्कालीन गृहमन्त्री बामदेव गौतमको संवन्ध विग्रिएकाले गौतमकै हस्तक्षेपका कारण दुई संगठन विचको संवन्धमा दरार पैदा भएको थियो । यी दुईको विचमा संवन्ध विग्रनुमा गृहमन्त्री बाहेक दुवै संगठनको नेतृत्वकर्ताको भुमीकाले पनि प्रभाव पारेको थियो । खासगरी सनतकुमार बस्नेत सशस्त्र प्रहरी प्रमुख हुँदा शुरु भएको प्रहरीको क्षेत्राधिकार मिच्ने कार्य बीचमा कम भएपनि कोषराज वन्त प्रमुख बनेपछि त्यो क्रम फेरि बढेको थियो । जसका कारण देशका विभिन्न भागमा बेलाबेला प्रहरी र सशस्त्र प्रहरीबीच तनावको अबस्था समेत आउने गरेको थियो ।
 
संवन्ध विग्रिएकाले शसस्त्र प्रहरी बलको नामबाट प्रहरी शव्द हटाउन समेत प्रहरीले माग गरेको थियो । नयाँ संविधानमा सुझाव दिनेक्रममा नेपाल प्रहरीले नयाँ संविधानमा शसस्त्र प्रहरी बलको नामबाट प्रहरी शव्द हटाउन सुझाव दिएको हो । तर शसस्त्र प्रहरी बलले भने आफ्नो संगठनको नामबाट प्रहरी शव्द हटाउन नहुने ११ ओटा तर्क सहित बलियो प्रतिरक्षा गरेपछि पुरानै नाम कायम रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ