arrow

फिलिपिन्सका राष्ट्रपतिको सवारीमा गोली प्रहार , चार अङ्गरक्षक घाइते

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
rodrigo-duterte.jpg

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । 


सो हमलामा परी उनका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते भएका छन् । उनलाई नै लक्ष्यगरी सो हमला भएको भए पनी सवारीमा सुरक्षाको लावालस्करको निकै पछि रहेकाले ठुलो दुर्घटना टरेको समाचारमा जनाइएको छ । राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । 

गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ । फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापू नजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो सङ्ख्याका सवारी खटाइएको थियो । 

हमलाकारीले राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी साधनमा हमला गरेका थिए । गोली लागेर चार जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेका थिए । 

सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट बिद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ