arrow

गायक पंगेनी ओलीको दवावमा रिहा

एक बजेतिर रिहा गरिएको होः  प्रहरी 

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
pangeni_oli.PNG

काठमाडौं । जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनी एमाले अध्यक्ष केपी शर्मा ओलीको दवावमा हिरासतमुक्त भएका छन् । 

उनलाई दिउसो १ बजेतिर रिहा गरेको महानगरिय प्रहरी वृत महाराजगंजले जनाएको छ  । उनी सहित पक्राउ परेको ११ जना नै हिरासतमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री जनार्दन शर्मालाई दवाव दिएका थिए ।

पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले फोन गरेर दवाव दिएको गृह श्रोतले जनाएको छ । ओली निकट श्रोतले पनि गृहमन्त्रीलाई आग्रह गरिएको बताएको छ । गायक पंगेनीको नामबाट सार्वजनिक भएको विज्ञप्तीमा भने उनले आफु पक्राउ नै नपरेको दावी गरेका छन् । 

पंगेनी अध्यक्ष रहेको राष्टिय लोकदोहोरी गित प्रतिष्ठानको बैठक आज विहान बोलाइएकोमा उनी हिरासतमा भएकाले दिउसो हिरासतमुक्त भएपछि मात्रै बसेको छ । उनी प्रहरी हिरासतमै रहेकाले बरिष्ठ उपाध्यक्ष रमेश विजिको अध्यक्षतामा बैठक बस्न लागेको थियो । तर उनी हिरासतमुक्त भएपछि उनकै अध्यक्षतामा बसेको हो । हिरासतमै भएका बेला गायक पंगेनीले आफु पक्राउ नपरेको र प्रतिष्ठानको बैठकमा रहेको भन्दै संचारकर्मी र सुवेच्छुकहरुलाई ढाँटेका थिए । 

महाराजगंज प्रहरीले उनलाई मंगलबार बेलुका सात बजेतिर पक्राउ गरी बुधबार विहान ११ बजेतिर जिल्ला प्रशासन कार्यालयमा पठाईएको बताएको छ । पंगेनीले पक्राउ नभएको दावी गरिरहेका बेला प्रहरीले पक्राउ गरिएको पुष्टी गरेको हो । 
पंगेनी मंगलबारराती काठमाडौंको बाँसबारी क्षेत्रबाट पक्राउ परेको प्रहरीको भनाई छ । जुवा खेलिरहेका बेला गायक पंगेनीसहित ११ जना पक्राउ परेको महाराजगंजका प्रहरीका डिएसपी गोबिन्द पुरीले जानकारी दिनुभयो । उनीहरुको साथबाट प्रहरीले २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

उनका निकटस्थहरुले भने उनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको बताएका छन् । उनी काठमाडौका अधिकांश क्यासिनोका पनि ग्राहक भएको निकटस्थहरुको भनाई छ । अधिकांश समय जुवामा विताउने गरेकै कारण अहिले सम्म कमाएको पैसाको ठोस उपयोग पनि गर्न नसकेको भन्दै उनका निकटस्थहरुले पहिले देखि नै संझाउने गरेका थिए । 

उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् । त्यस बाहेक उनले लैनचौरमा डेरा पनि लिएर राखेका छन् । लामो समयदेखि जुवा खेल्दै आएका पंगेनीलाई भनसुनका आधारमा पर्याप्त कारबाही नगरी छुटकारा दिएको भन्दै एमाले र गृहमन्त्रीको आलोचना भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ