arrow

विराटनगर महानगरपालिकाले नगरक्षेत्रका १४ वटा सडकको स्तर उन्नती गर्ने

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ साउन ४ बुधबार
BIRATNAGAR-METRO-300x170.jpg

विराटनगर ।विराटनगर महानगरपालिकाले विराटनगरक्षेत्रको विकासका लागी एकैपटक १४ वटा सडकको स्तरउन्नतीका लागी काम शुरु गरेको  छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत उक्त सडक व्यवस्थिन एंव पुन निर्माण हुन लागेको हो ।

 १४ वटा सडकको निर्माण लागत एक अर्वभन्दा वढि रहेको छ । उक्त  सडकको लम्वाई २५ किलोमिटर रहने जनाईएको छ । महानगरपालिकाका विभिन्न १० वटावर्डाका सडकलाई व्यवस्थित एंव विस्तागर्न लागिएको हो । सडक विस्तारका लागी ठेकाको कामा समेत सम्पन्न भइसकेको छ ।

 विराटनगर महानगरपालिकाको वर्डा न १६ देखी २० नम्वर जोडने दरैयामार्ग, वर्डान १८ को जतुवा चौकदेखी कठकुप्पा सम्म  व्यवस्थित सडक निर्माणगर्न लागीएको जनाइएको छ ।

त्यस्तै विराटनगर–५ को खानेपानीटंकी हुदै जामुनेश्वर मार्गसम्म, वर्डान ४ को कचंनमार्ग, भुपुमार्ग तथा औषधी व्यवस्था विभागहुदै विहिवारे हटियासम्म त्यस्तै वार्डन १ को नमुनामार्ग, वार्डन २ को संसारी माइपथ तथा विराटगर ११ को असोक चौकजाने सडकलाई व्यवस्थित गर्न लागिएको हो  ।

यसै आर्थिकवर्षमा काम सम्पन्नगर्नेगरी सडक विस्तारैसंगै  दुवैतर्फ व्यवस्थित नाला र स्तारिय कालोपत्रे गरी उक्त सडकलाई विराटनगरकै नमुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाकाका नवनिर्वाचित  मेयर भिम पराजुलीले वताए ।


मेयर पराजुलीले  निर्वाचनमा विराटनगरवासीसंग  गरेको प्रतिवद्धता अनुसार आफुले  काम अगडी वढाएको भन्दै विराटनगर–१४ स्थित एवी प्लटमा  अन्डर ग्राउण्ड पार्किङ सहित भ्युटावरको निर्माण तथा टंकिसिनवारीको रिंग रोडसंग जोडिएको उत्तरपटीको ५ विघा जग्गा खरिदगरी  वसपार्क निर्माणगर्न लागिएको जानकारी गराए । विराटनगर स्थित कोशी अन्चल अस्पतालको सेवा विस्तारका लागी विदेश राष्ट्रका प्रतिनिधिसंग आफुले छलफल अगाडी वढाई सकेको समेत उनले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ