arrow

पराजुलीले पनि प्रभाव छोड्न थाले : विराटनगर महानगर क्षेत्रका १४ सडक चिल्ला पारिँदै

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ साउन ४ बुधबार
bhim_parajuli.jpg

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकै पटक १४ वटा सडकको स्तरोन्नतिका लागि काम शुरु गरेको  छ । नेपाल सरकारको सघन सहरी विकास कार्यक्रम अन्र्तगत सडक व्यवस्थित एवं पुनःनिर्माण हुन लागेको हो ।

१४ वटा सडकको निर्माण लागत एक अर्ब बढी रहेको छ । यो सडकको लम्बाई २५ किलोमिटर रहने जनाईएको छ । महानगरपालिकाको विभिन्न १० वटा वडाका सडकलाई व्यवस्थित एंव विस्ता गर्न लागिएको हो । सडक विस्तारका लागि  ठेक्काको काम समेत सम्पन्न भइसकेको छ ।

विराटनगर महानगरपालिकाको १६ देखि २० नम्बर जोडने दरैयामार्ग, १८ नम्बर वडाको जतुवा चौकदेखि कठकुुप्पासम्म व्यवस्थित सडक निर्माण गर्न लागिएको जनाइएको छ ।

त्यस्तै, विराटनगर–५ को खानेपानीट्याङ्की हुँदै जामुुनेश्वर मार्गसम्म, ४ नम्बर वडाको कञ्चननमार्ग, भुपूमार्ग तथा औषधि व्यवस्था विभाग हुँदै विहिबारे हटियासम्म र १ नम्बर वडको नमुनामार्ग, २ नम्बर वडको संसारीमाइपथ तथा विराटगर ११ को असोक चौकजाने सडकलाई व्यवस्थित चिल्लो पार्न लागिएको हो ।

यही आर्थिक वर्षमा काम सम्पन्न गर्नेगरी सडक विस्तारैसँगै दुवैतर्फ व्यवस्थित नाला र स्तारीय कालोपत्रे गरी यो सडकलाई विराटनगरकै नमुना सडक बनाउनेगरी काम गर्न लागिएको महानगरपालिकाकाका मेयर भीम पराजुलीले वताए ।

मेयर पराजुलीले  निर्वाचनमा विराटनगरवासीसँग गरेको प्रतिवद्धता अनुुसार आफुले   काम अगडी बढाएको भन्दै उनले विराटनगर–१४ स्थित एवी प्लटमा  अन्डर ग्राउण्ड पार्किङ सहित भ्युटावरको निर्माण तथा टंकिसिनवारीको रिङ्ग रोडसँग जोडिएको उत्तरपट्टीको  ५ विघा जग्गा खरिदगरी  बसपार्क निर्माण गर्न लागिएको जानकारी  दिए  ।  विराटनगर स्थित कोशी अञ्चल अस्पतालको सेवा विस्तारका लागि विदेशीसँग आफुले छलफल अगाडि बढाइसकेको समेत उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ