arrow

कोइराला परिवारका तीन हस्ती एकै ठाउँमा, शेखरले भने बैठकको भित्रि कुरा

logo
प्रकाशित २०७४ साउन ४ बुधबार
koirala-family.jpg

काठमाडौं । नेपाली काँग्रेसभित्र गुटबन्दी हावी भएको र स्वार्थसमूहहरु सक्रिय भएको चर्चा भइरहेका बेला कोइराला परिवारका तीन हस्ती एक ठाउँमा उभिएका छन् ।

वुधबार तिनै तीन हस्ती मुस्कुराहट छर्दै एक ठाउँमा उभिएको तस्वीरले चर्चा पायो कोइराला परिवारका तीन हस्ती काँग्रेस महामन्त्री शशांक कोइराला, १३औँ महाधिवेशनमा म्यान अफ दि इलेक्सन भएका अर्थात् सबै भन्दा बढी मत ल्याएका शेखर कोइराला र पूर्व परराष्ट्रमन्त्री समेत भइसकेकी सुजाता कोइराला एकै ठाउँमा उभिएको तस्वीर सार्वजनिक भएपछि अनेकौँ अड्कल काटिए ।

कसैले शेरबहादुर देउवालाई टक्कर दिन कोइराला परिवार एक जुट बनेको रुपमा चित्रण गरे भने, कसैले रामचन्द्रको साटो कोइराला समूह आफैँ सभापति दावी गर्ने निचोडमा पुगेको भनेर अनुमान लगाए ।

तत्कालिन काँग्रेस सभापति सुशील कोइरालाको निधनपछि पानी बाराबारको अवस्थामा रहेका कोइराला परिवारका तीन नेता सभापति शेरबहादुर देउवाले पार्टी नै समाप्त पार्न लागेको निश्कर्षसहित पुनः एक ठाउँमा उभिएकोसम्म चर्चा भएको छ ।

यद्यपि, शेखर कोइरालाले भेटघाट भएको तर, भेटमा भएका कुरा भन्दा बढी अनर्गल कुराहरु बाहिर आएको बताएका छन् । उनले हाम्राकुरासँग भने, ‘भेट भएको हो । पहिले पनि हुन्थ्यो । साथीहरुले, तपाईहरु पत्रकारहरुले पनि भन्नु हुन्थ्यो तपाइहरु एक ठाउँमा किन नआएको ?’ हामी हिजो पनि एक ढिक्का थियौँ । आज पनि एक ढिक्का छौँ ।

कोइरालाले अगाडि भने, ‘हामीले आत्म समीक्षा पनि गरेका छौँ । मैले के गरे ? शशांकले के गर्‍याे ? रामचन्द्र, शेरबहादुर जीले के गर्नु भो । किन हामी स्थानीय तहको निर्वाचनमा कमजोर बन्यौँ ? हामीले पार्टीको आन्तरिक समस्या र भोलिको राजनीतिक भविष्यबारे कुरा गरेका छौँ ।’

कोइरालाले आफुहरुले गुटबन्दी गर्न बैठक नगरेको बताए । उनले भने, ‘हामीले गुटबन्दी गर्न बैठक गरेका होइनौँ । हामी अहिले मात्रै होइन पहिले पनि भेट गरिरहन्थ्यौँ । हाम्रो चिन्ता गुट बनाउनेतिर होइन । पार्टीलाई कसरी एक ढिक्का बनाउन सकिन्छ भन्नेतिर हो ।’ पार्टीलाई एक ढिक्का बनाउन हामीले प्रण गरेका छौँ । हाम्रो भूमिका के ? भनेर हामीले आत्म समीक्षा गरेका छौँ, –कोइरालाले भने ।  

रामचन्द्र पौडेललाई छोडेर आफै नेतृत्वका लागि अग्रसर हुने कुरा आयो, के हो ? जवाफमा उनले भने, ‘त्यो प्रचार गरिएको हो । हामीले त सबैले आत्म समीक्षा गरेर अबको तेस्रो चरणको स्थानीय तह र प्रदेश एवं केन्द्रको निर्वाचन रणनीतिको खाका बनाउनु पर्ने अभ्यासकाे प्रयत्न गर्ने भनेका छौँ ।’ हामीले हाम्रो भूमिका कसरी निभाउने भनेर छलफल गरेका हौँ ।

पहिलो, दोस्रो चरणको निर्वाचनमा पार्टीले टिकट दिने सवालमा, अर्को पार्टीसँग तालमेल गर्ने सवालमा र चुनावी परिचालनका हकमा विवेक संगत काम नगरेको प्रष्ट भइसकेको छ । दुई नम्बर प्रदेशमा काँग्रेसको साख कसरी जोगाउने र आगामी प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेस के यही अवस्थाबाट अघि बढ्ने हो ? भन्ने सन्दर्भमा पार्टीभित्र बहस सिर्जना गर्ने हाम्रो प्रयन्त हो, कोइरालाले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ