arrow

नीतिगत तहमा महिला सहभागिता सुनिश्चिन गर्न महिला सञ्जालको माग

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
women-equal.jpg

काठमाडौँ । अन्तरपार्टी महिला सञ्जालले राज्यका नीतिगत तहमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गरेको छ । 

यहाँ आयोजित ‘सञ्चारकर्मीसँग सञ्जाल’ विषयको कार्यक्रमका वक्ताले जनसङ्ख्याअनुसार सबै तहमा महिलाको सहभागिता सुनिश्चित गराउन राजनीतिक दलको ध्यानाकर्षण गराए । 

कार्यक्रममा सञ्जालकी अध्यक्ष रेणु यादवले स्थानीय तहको निर्वाचनमा महिलाको सहभागिता ४० प्रतिशत सुनिश्चित भएकामा खुशी व्यक्त गर्दै प्रदेश र सङ्घको निर्वाचनमा पनि संविधानको मूल मर्मबमोजिम महिला सहभागिता हुनुपर्ने माग गरिन् ।  

सञ्जालकी पूर्वअध्यक्ष शशी श्रेष्ठले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले महिलालाई नगण्य सङ्ख्यामा मात्र प्रमुख÷अध्यक्ष पदमा टिकट दिएको गुनासो गर्दै महिलालाई निर्णायक तहमा पु¥याउन तत्काल संवैधानिक र कानुनी व्यवस्था अपरिहार्य रहेकामा जोड दिइन् । 

उपाध्यक्ष पुष्पा ठाकुरले सञ्जाल स्थानीय तहमा ५० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र सङ्घमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने माग गर्दै संविधानको समानुपातिक समावेशी व्यवस्था लागू गर्न सबैको सहयोग आवश्यक पर्ने बताइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ