arrow

माओवादीमा प्रचण्डपथको बहस, प्रमुखकी श्रीमतीबारे यस्तो चाकडी 

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
maobadi-kendra.jpg.png

काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र पार्टीको मुख्य वैचारिक लाइनमा ‘प्रचण्ड पथ’ राख्ने विषयले फेरि स्थान पाएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा दोस्रो तहका नेताहरूले यस विषयलाई उठाएपछि पार्टीभित्र बहस सिर्जना भएको हो । 

तत्कालीन नेकपा माओवादीले जनयुद्धकालमा ‘प्रचण्डपथ’लाई पार्टीको पथप्रदर्शक सिद्धान्त मानेको थियो । २०६५ सालमा तत्कालीन नेकपा एकताकेन्द्र–मसालसँग पार्टी एकता गर्दा प्रचण्डपथलाई स्थगन गरिएको थियो ।

जारी सचिवालयको बैठकमा बुधबार नेता अग्नि सापकोटाले प्रचण्डपथलाई पुनःस्थापित गर्नुपर्ने धारणा राखेका थिए । लगत्तै सचिवालय सदस्य लीलामणि पोख्रेलले घुमाउरो भाषामा यसको विरोध गरेको एक सचिवालय सदस्यले बताए ।

नेता सापकोटाले देशको राजनीति अहिले पनि प्रचण्डकै वरिपरि घुमिरहेको भन्दै प्रचण्डपथलाई पुनः स्थापित गर्दा पार्टी सङ्गठन सुदृढ हुनुका साथै सबै विषयलाई आफ्नो कमान्डमा ल्याउन सकिने बताएका थिए ।

‘हिजो प्रचण्डपथ हटाउनु हुँदैन थियो । यो छाड्नाले गल्ती भयो,’ बैठकमा सापकोटाले राखेको धारणा उद्धृत गर्दै एक नेताले भने, ‘यो विज्ञान हो । अहिले पनि देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको छ । त्यसैले प्रचण्डपथलाई पुनः स्थापित गर्नुपर्छ । ’

सापकोटाले श्रीमती सीता दाहालको उपचारको लागि प्रचण्ड बैङ्कक जाँदा नेपाल नै त्यता गएजस्तो देखिएको उदाहरण दिँदै प्रचण्डपथ पुनःस्थापित भए पार्टीले गति लिने बताएका थिए ।

उनले यसैको आलोकमा चुनावी परिणाम आफ्नो पक्षमा पार्दै सङ्गठन मजबुत पार्न सकिने बताएका थिए । सापकोटाको धारणाप्रति घुमाउरो भाषामा विरोध जनाउँदै पोख्रेलले प्रचण्डबिना पात पनि हल्लिँदैन भन्नेगरी परिभाषित गर्न नहुने बताएका थिए । (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ