arrow

यो कस्तो माग ? खाडी देशका राजपरिवारले मागे नेपाली चेली

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
TIA.jpeg

काठमाडौं । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ ।

योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन आग्रह गरेका छन् ।

यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् ।

उनले यसबारे जानकारी गराउनसाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैं चेलीबेटी बेचविखन गर्न खोजिरहेकोसम्म आरोप लगाए ।

खाडी मुलुकहरुमा नेपाली चेलीहरु दैनिक रुपमा बलात्कार तथा यौंन हिंसाको सिकार भइरहेको भन्दै संसदहरुले त्यहाँको समस्या समाधान गर्न ती देशले चासो नदिइरहेको अवस्थामा नेपाली चेली पठाउन नहुने धारणा राखे । (राजधानी दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ