arrow

नोटबन्दीको ४ महिनामा भारतमा १५ लाखको रोजगारी खोसियो, ६० लाख भारतीयको बेहाल

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
notebandi.jpg

काठमाडौं । भारत सरकारले ४ महिना अघि सुरु गरेको नोटबन्दीको नकारात्मक प्रभाव देखिन थालेको छ। पछिल्लो ४ महिनामा नोटबन्दीकै कारण १५ लाख भारतीयको थप रोजगारी खोसिएको एक अध्ययनले देखाएको छ । सेन्टर फर मनिटरिङ इन्डियन इकोनोमी (सीएमआईई) को एक सर्वेका अनुसार नोटबन्दीले  देशमा ६० लाख मानिसहरु प्रत्यक्ष  प्रभावित भएका छन् ।

भारतीय सरकारी तथ्यांकका अनुसार १ जनाले रोजगारी पाउँदा भारतमा ४ जना ऊ प्रति आश्रित हुनेगरेका छन् । रिपोर्टले प्रायः यस्ता रोजगारी पाउनेहरु निम्न आर्थिक अवस्थाका घरपरिवारहरु रहेकोले १५लाख जनाको रोजगारी खोसिँदा ६० लाख भारतीयहरुको अवस्था बेहाल हुन पुगेको रिपोर्टलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सर्वे रिपोर्टमा भनिएको छ कि एक जनाले रोजगारी पाउँदा ४ जना उप्रति आश्रित बन्ने गरेका छन् । यस्तो हुँदा अहिले भारतका ६० लाख मानिस यसबाट प्रभावित भएका हुन् । सीएमआईईको उक्त सर्वेको नाम कन्जुमर पिरामिड हाउसहोल्ड सर्वे  राखिएको छ । यसको अनुसार नोटबन्दी पछि जनवरी देखि अप्रिलसम्ममा कूल रोजगारीको संख्या घटेर ४० करोड ५० लाख पुगेको छ । जवकी सेप्टेम्बरदेखि २०१६को डिसेम्बरसम्मको बीचमा ४० करोड ६५ लाख  बृद्धि भएको थियो । यसको मतलव नोटबन्दीपछि रोजगारीको संख्यामा करीब १५ लाखले कमी आएको छ । 

देशभरमा गरिएको हाउसहोल्ड सर्वेमा जनवरी देखि अप्रिल २०१६को बीचमा युवाहरुको रोजगारी तथा बेरोजगारीको आँकडा जम्मा गरिएको थियो । उक्त सर्भेका अनुसार १ लाख ६१ हजार घरका कूल ५ लाख १९ हजार युवाहरुसँग कुराकानी गरिएको थियो। सर्भेमा भनिएको छ कि पहिले ४० करोड ६५ लाख मानिसको केही न केही काम थियो । तर नोटबन्दी पछि यति धेरै मानिसको रोजगारी खोसिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ