arrow

भूकम्पमा परी ज्यान गुमाएका ८० जनाको स्मृतिमा ८० रुद्राक्ष रोपियो 

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
mukunda-rijal-16.jpg

काठमाडौं । ०७२ सालको गोरखा भूकम्पमा परी ज्यान गुमाएका काठमाडौं महानगरपालिका वडा नम्बर १६ का ८० जनाको स्मृतिमा एकैपटक ८० रुद्राक्षको विरुवा रोपिएको छ । 

काठमाडौं वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालले भने, ‘यो वडामा ०७२ बैशाख १२ को भूकम्पमा परी ८० जनाको मृत्यु भएको थियो उहाँहरुको सम्झनामा ८० वटा वृक्ष रोपेका छौं, यसबाट पछि यहाँ रुद्राक्ष बाटिका निर्माण गर्नेछौं ।’

वडाले विष्णुमति नदी किनारको चःमती करिडोरमा ८० रुद्राक्षसहित वृक्षारोपण गरेको हो । 

वडाध्यक्ष रिजालले विष्णुमति किनारमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्नका लागि पनि वृक्षारोपण अभियान थालिएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ