arrow

यू–२३ च्याम्पियनसिप फुटबलमा नेपाल गोलविहीन भएर फर्किदै, लेबननसँग २–० ले पराजित

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
nepalu-23.jpg

काठमाडौँ । एएफसी तेइस वर्षमुनि (यू २३) च्याम्पियनसिप फुटबलको छनोट चरणको अन्तिम खेलमा नेपाल लेबननसँग पराजित भएको छ । 

संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा बुधबार राति १ बजे सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । 

नेपालले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल खायो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित सुनिश्चित गरे । 

समूह डीमा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो भने प्रतियोगितामा एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ