arrow

कावासोती नगरपालिकामा फोहरी खेल –ट्रेलरमै देखियो एमालेको पूरै रुप 

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
kabasoti-nagarpalika.png

कावासोती । नवलपरासीको कावासोती नगरपालिकामा प्रथम नगरसभाका क्रममा भएको हत्कण्डाले एमालेको राजनीतिक पृष्ठभूमि छताछुल्ल भएको छ । 

पहिलो बैठकमै प्रतिपक्षमाथि आक्रमणमा उत्रिएपछि नवलपुर क्षेत्रकै प्रमुख केन्द्र मानिने कावासोती नगरपालिकाका नगरबासीलाई निराश बनाएको हो । 

कावासोती नगरसभामा जनप्रतिनिधिबीच भएको झडप, विवाद, तालावन्दी र धर्ना ठूला राजनीतिक दलहरुको स्वार्थसंग जोडिएका छन् । बहुमतको खेलमा अल्पमतलाई बाहिर राखेर विषयगत समिति बनाउनु, समितिले सम्बन्धित वडाका अध्यक्षलाई समेत बाहिर राखेर योजना तथा नीति कार्यक्रम पारित गर्नु, लक्षित वर्गका कार्यक्रम नगरभित्र सिमित राख्नु दलिय स्वार्थ छर्लङ्ग बुझ्न सकिन्छ । 

एमालेका १७ वडा मध्ये ९ वडाअध्यक्ष सहित विरोधमा उत्रेका छन् । बहुमत वडाको भावना विपरित नगरसभामा झिनो बहुमतको खेलमा एक पक्षिय निर्णयले नगरको दिर्घकालिन विकासमा असर पार्छ । 

सरकारमा रहेको कांग्रेस र माओवादी जनप्रतिनीधिलाई साथमा लिएर विकास नीति, कार्यक्रम तय गर्न सकेमा प्रादेशिक र केन्द्रिय योजना ल्याउनसमेत सजिलो हुनेछ । 

नीतिगत योजनामा साहकार्य गर्न सकेको भए प्रादेशिक र जिल्लाको संरचना बन्दै गर्दा कावासोतीमा केही महत्वपूर्ण कार्यालयहरु ल्याउन सजिलो हुन्थ्यो । तर पछिल्लो विवादले कावासोती नगरको मात्रै होईन सिंगो नवलपुरवासीको भविष्यमा चोट पुग्ने संकेत देखिन थालेको छ । 

पछिल्लो घटनाक्रमले कावासोतीका नगरप्रमुख र उपप्रमुख असफल बन्ने संकेत देखिन थालेको छ । यसप्रति सचेत हुनु आवशयक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ