arrow

नेपाली काँग्रेस कार्य समितिको बैठक शनिबार, केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
congress-flag.jpg

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शनिबार बस्ने भएको छ । 

नेपाली काँग्रेसद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिको बैठक यही साउन ७ गते बिहान ८ बजे पार्टी कार्यालय, सानेपा, ललितपुरमा बस्ने जनाइएको छ । 

उक्त बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

त्यसअघि सो पार्टीले उक्त बैठक साउन ९ गते बस्ने भनेकोमा प्राविधिक कारणवश मिति हेरफेर गरिएको उल्लेख छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ