arrow

टर्कीको मन्त्रिपरिषद हेरफेर

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
cabinet_turky.jpg

अङ्कारा । टर्कीका प्रधानमन्त्री बिनाली यिल्डिरीमले ११ मन्त्री फेर्ने बुधबार घोषणा गरेका  छन् । 

हालै २७ सदस्यीय मन्त्रीमण्डलबाट उनले ११ मन्त्री परिवर्तन गर्न लागेको बताइएको छ । 

राष्ट्रपति रेसिप तायिप एर्डोगानसँगको आकस्मिक भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेरबदल गर्ने घोषणा गरेका हुन्। 

नयाँ मन्त्रिपरिषद्मा पाँच जनालाई उपप्रधानमन्त्री बनाइएको छ । उपप्रधानमन्त्री हुनेहरूमा बेकिर बोज्डाग, मेहमेट सिम्सेक, फिक्रि इसिक, रिसिप अक्डाग र हाकान काभुसोग्लु रहेका छन् । उनीहरूमध्ये अहिले चार जनालाई मात्रै नियुक्त गरेका  छन् । 

स्थानीय समयानुसार बुधबार मध्याह्न १२ बजे राष्ट्रपति र प्रधानमन्त्रीबीच राजधानी अङ्कारामा रहेको राष्ट्रपति भवनमा आकस्मिक भेटवार्ता भएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ