arrow

अफगानी सुरुक्षा कारबाहीमा ५५ आतङ्ककारीको मृत्यु

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
Afganistan_Attack.jpg.jpeg

काबुल। अफगानिस्तानको विभिन्न शहरमा भएको सुरक्षा कारबाहीमा कम्तिमा ५५ आतङ्ककारी मृत्यु भएकाे छ । सुरक्षा कारबाहीमा ३७ घाइते भएका छन् । 

सुरक्षा कारबाहीका क्रममा भएको भिडन्तमा परी पाँच प्रहरीले ज्यान गुमाएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत यो सबै जानकारी दिएको छ ।

अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा आतङ्ककारीविरुद्ध चरणबद्ध रुपमा सुरक्षा कारबाही जारी राखेको छ । 

गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा ५५ आतङ्ककारीको मृत्यु भएको छ । कारबाहीमा मारिएका ती मृतकमध्ये तीन जना भने इस्लामिक स्टेट (आईएस) समूहका लडाकू रहेको मन्त्रालयद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ । 

अफगानिस्तानको नान्गार्हार, कपिसा, खोस्ट, गजनी, लोगार, कान्दहार, उरुज्गान, कुन्दुज, फार्याब, बाल्ख, बाघलान, बादख्सान र हेलमान्ड प्रान्तमा सुरक्षा कारबाही सञ्चालन गरिएको मन्त्रालयले थप जानकारी दिएको छ । 

तालिवान लडाकूहरुको आक्रमणमा परी कम्तीमा पाँच जना अफगान प्रहरी पनि मारिएका र केही प्रहरी घाइते भएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । 

जाबुल प्रान्तको अर्घान्दाबमा रहेको सुरक्षा चौकीमा बिहीबार तालिवान लडाकूहरुले आक्रमण गरेका थिए । रासस/सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ