arrow

कहिले सम्पन्न हुन्छ नमुना पुल निर्माण कार्य ?

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ५ बिहिबार
ruru_namuna_bridge.jpg

पाल्पा । पाल्पा , गुल्मी , स्याङ्गजाको संगम स्थल   रिडी स्थित कालीगण्डकी नदीमा  निर्माण हुन लागेको नेपालको पहिलो नमुना  पुल समयमै निर्माण कार्य सकिने समयमा अलपत्र अवस्थामा रहेको छ । नेपालको धार्मिक पर्यटकीय,पुरातात्वीक महत्व वोकेको पाल्पाको रुरु धाम, स्याङ्गजाको कारीकोट र गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने नेपालकै नमुना झलुङ्गेपुल निर्माण कम्पनीको कारणले निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ  । निमार्ण कार्य सम्पन्न हुने समयमा पुलको पिल्लर निर्माण कार्यसमेत पुरा हुन सकेको छैन ।
 
नेपाल सरकारका तात्कालिन मुख्य सचिव लिलामणी पौडेल र गुल्मी क्षेत्र नम्वर २ का सभासद चन्द्र भण्डारीले २०७४ सालको असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरि २०७१ को मंसिर १५ गते सिलन्यास गरेका थिए । मुख्य सचिव  र सभाषद्ले सयूक्त रुपमा सिलन्यास गर्दा तीनै जिल्लाका जनतामा उत्साह देखिएको  थियो । निर्माण कम्पनीले निर्माण कार्यलाई निरन्तरता नदिदा पुल नन्बने होकी  भन्ने चिन्ता रहेको स्थानिय वासिन्दाहरुको भनाई रहेको छ ।

नेपालको धार्मिक तथा चार धाममा निर्माण हुन लागेको नेपालकै पहिलो र नमुना तीनमुखे पुल ९ करोड ८८ लाख २६ हजार रुपैया लागतमा पाँच सय चालिस मिटर लम्बाइ रहने पुलको लागि स्थानिय पूर्वाधार विकास तथा कृषि सडक विभागको आर्थिक तथा प्राविधीक सहयोगमा निर्माण हुन लागेको हो । २०७१ सालको असार १० गते सम्झौता गरि  २०७४ सालको असार ९ गते निर्माण कार्य पुरा गर्ने गरी नयाँ बाटो रुविना मना जे.भी कम्पनीले ठेक्का लिएको  थियो ।

निर्माण कम्पनीका प्राविधिक प्रदिप ढकालले भने शिलन्यास गरेको वर्ष पुलको डिजाइन गर्दा नै वित्यो त्यसपछि विनाशकारी महाभुकम्प , नाकाबन्दीले काममा नराम्रो संग प्रभावितै तुल्यायो । जस्ले गर्दा समयमा सामान ढुवानी गर्न नसक्दा निमार्णकार्य ढिलाई भएको स्वीकार गरे।

 कालीगण्डकी नदीकोवीच भागमा सात सय मिटर गोलाई रहेको पिल्लर निर्माणको क्रममा छ । हाल सम्म पिल्लरको काम ५ प्रतिशत पनि पुरा हुनसकेको छैन् । जमिन मुनीको जगको सतह देखि झण्डै तीस मिटर उचाइको पिल्लर निर्माण गर्नु पर्नेछ तर अहिले सम्म पिल्लरको कामको प्रगती पाँच प्रतिशत मात्र छ । अब नदिमा पानीको वहाव बढ्दछ कामै गर्न मिल्दैन कसरी हुन्छ काम ? निर्माण कम्पनीले समयमै काम नगरेका कारण ढिलाई भएको हो कति लागत , कहिले योजना सम्झौता भयो , कहिले सम्पन्न गर्ने , निर्माण कम्पनिको नाम र ठेगना , गर्नु पर्ने कामको विवरण भएको होडिङ्ग वोर्ड मार्फत सर्वसाधारणलाई जानकारी दिनु पर्ने ऐन नियममा व्यवस्था भए पनि निर्माण कम्पनिले होडिङ्ग वोर्ड नै नराख्दा सर्वसाधारण पुल निर्माण सम्बन्धी सुचना प्राप्त गर्नबाट वन्चित भएको स्थानिय पत्रकार चुरामणी तिमिल्सीना वताउछन् ।

कालीगण्डकीको करिडोरसंगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्दछ भनेर हामीले कल्पना गर्नु पर्ने पनि व्यार्थ नै भएको स्थानिय वासिन्दा रामचन्द्र भट्टराईले बताए । सिलन्यासको समयमा निमार्ण कम्पनीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे पनि विभिन्न वाहना वाजी गरेर निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेको उनको भनाई छ ।
 
केही समय अगाडी पुलको अनुगमन गरेका स्थानिय पूर्वाधार विकास तथा कृषि सडक विभागका महा निर्देशक राम कुमार सापकोटाले निर्माण कम्पनिले काम गर्ने लिखित प्रतिवद्धता गरेको खण्डमा जरिमाना सहित म्याद थपिनेछ भने पनि, निर्माण कम्पनिले सरकारी मापदण्ड अनुसार निर्माण सामाग्रीको प्रयोग नगरेको बताउदै सरकारी क्षेत्रका प्राविधिकहरु ले समय समयमा अनुगमन र निगरानि नगर्दा गुणस्तरीय रुपमा निर्माण हुनेमा आफु विश्वस्त नभएको स्थानीय बासी प्रकाश श्रेष्ठले बताए ।

 नेपालको मुख्यचार धाम मध्ये रुरु क्षेत्र पनि एक हो यो क्षेत्रमा यो पुल निर्माण कार्यपुरा भएपछि धार्मिक पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने थियो त्यसका लागी सरोकारवाला निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ