arrow

बालिका र राँगो पछि खाल्डोमा खस्यो कार 

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
car_under-the_road.jpg-large_.jpg

काठमाडौं । जताततै खाल्डदाल्डो रहेको काठमाडौं उपत्यकामा कहिले बालिका त कहिले राँगो परेर ज्यानै समेत गईरहेको बेला बिहिबार विहान फेरि एउटा चारपांग्रे सवारी पनि खाल्डोमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यका भित्रका सडकमा रहेको खाल्डाखुल्डी पुर्न निर्देशन दिएको तेस्रो दिन नै महाराजगन्जको निर्मल निवास अगाडिको खाल्डोमा कार खसेको समाचार अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा बिहिबार बिहान बा ४ च २४५१ नम्वरको कार खाल्डोमा पसेको हो। खाल्डोमा परेको कारको अगाडिको केही भागमा क्षति पुगे पनि चालक भने सकुशल रहेको जनाइएको छ।

मेलम्ची खानेपनी आयोजनाले भत्काएका सडकहरु बर्षा सगै हिलाम्मे भएका छन भने उपत्यकाका अधिकांश सडकहरुमा खाल्डा खुल्डी परेका छन् । गत शुक्रबार  तारकेश्वरमा ढलमा डुवेर एक बालिकाको निधन भएको थियो भने सामाखुसीमा बालिकालाई बगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रधानमन्त्रीको निर्देशन अनुसार उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार, स्थानीय विकास र खानेपानी मन्त्रालयका सचिवलाई उक्त कामको समन्वय गर्न तोकिएको छ। तर पनि उपत्यका भित्रका सडकको खाल्डोमा सवारी साधन खस्ने क्रम भने रोकिन सकेको छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ