arrow

प्रचण्डले त्रिमूर्ति सम्मान नलिने

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
pmprachandadahal.jpeg

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक’ ग्रहण नगर्ने भएका छन‍् ।

अध्यक्ष दाहालको सचिवालयले बिहिबार जारी गरेको विज्ञप्तिअनुसार पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा भएकाले प्रस्तुत प्रस्तावको सम्मान गर्दै उक्त पुरस्कार नलिने निर्णय भएको हो ।

त्रिमूर्ति निकेतनले प्रधानमन्त्री भएका बेला दाहालले यस निकेतनको उचाइ बढाउनुका साथै नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै त्यसको कदरस्वरुप सम्मान र पदक प्रदान गर्ने निर्णय गरेको थियो ।

पदक, सम्मान वा कुनै पनि पुरस्कार लिने वा नलिने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता र अधिकारको कुरा हो, अध्यक्ष प्रचण्डले सम्मान र पदकका लागि आफूलाई छनोट गरिएकामा निकेतनलाई धन्यवाद दिँदै ‘त्रिमूर्ति सम्मान र शताब्दी पदक’ ग्रहण नगर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ