arrow

अर्घाखाँचीमा जिप दुर्घटना : १ को मृत्यु, २ घाइते

logo
सुरज रायमाझी,
प्रकाशित २०७४ साउन ५ बिहिबार
arghakhachi_jeep.png

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँ पालिका वडा नं. ५ आमजाबाट बिहान ७:३० वजे वुटवलका लागि छुटेको लु १ ज १७९५ नम्बरको जिप अर्घाखाँचीको कुडापानी र्मोचाबारीमा दुर्घटना ग्रस्त हुदाँ १ जनाको ज्यान गएको छ भने २ जना गम्भिर घाईते भएका छन ।

 मृत्यु हुनेमा सवारी चालक पाल्पा छहराका तारा बहादुर खत्रीको उपचारका लागि मिसन अस्पताल पाल्पा लैजादै गर्दा बाटोमै मृत्यु भए हो । घाइते हुनेहरुमा पाणिनि गाउँपालिका वडा नं. ५ का सवारी धनि लेक बहादुर रास्कोटी र टिका बहादुर रास्कोटी रहेका छन ।

घाइतेको  मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचीका प्रहरि नायव उपरिक्षक एकनारायण कोइरालाले जानकारी दिए । गाडि सडकबाट १५० मिटर तल झरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ