arrow

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट: अफगानिस्तानसँग नेपालको लज्जास्पद पराजय

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
cricket_news.jpg

पदाङ । सिंगापुरको पदाङमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग १४१ रनले पराजित भएको छ। 

१९१ रनको बिजय लक्ष्य पच्छ्याएको नेपाल २६ ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमा समेटिएको थियो। नेपालकालागि पवन सर्राफले २६ रन बनाएका थिए। उनले ५२ बल खेल्दै ३ चौकाको मदतले उक्त रन जोडेका थिए। बाँकी ब्याट्सम्यानहरुले दोहोरो अंकको स्कोर पनि बनाउन सकेनन्। 

२९ रनको स्कोर हुँदा ८ विकेट गुमाएको नेपाल ४९ रनमा समेटिएको थियो। नेपालका ४ खेलाडीहरुले काता पनि खोल्न सकेका थिएनन्। 

अफगानिस्तानकालागि नविन उल हकले  ४ विकेट लिएका थिए। उनले ४ ओभरमा १ मेडेन राख्दै ८ रन खर्चेका थिए। त्यसैगरि मुजिब जर्दानले पनि ४ विेकट लिएका थिए। उनले ९ ओभरमा ५ मेडेन राख्दै ७ रन खर्चेका थिए। 

टस जितेर अफगानिस्तानलाई ब्याटीङका निम्ति निम्त्याएको नेपालले ४९.४ ओभरमा सबै विेकट लिंदै १९० रनमा अफगानिस्तानलाई रोकेको थियो। अफगानिस्तानकाालगि ईब्राहिम जदरानले ४३ रन बनाएका थिए। त्यसैगरि नविद फबेदले ३३ रनको योगदान दिएका थिए। 

नेपालकालागि साहाब आलमले ३ विकेट लिएका थिए भने सन्दिप लामिछाने र पवन सर्राफले २-२ विकेट लिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ