arrow

कंगनालाई हानियो तरबार, टाउकोमा १५ टाका

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
manikarnika-1200.jpg

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनौतलाई तरबारले हानिएको छ । उनलाई चलचित्र सुटिङको क्रममा तरबारले लागेर अस्पताल भर्न गरिएको बताइएको छ । कंगना आफ्नो आगामि चलचित्र 'मणिकर्णिका- द क्वीन अफ झांसी' को  सुटिङको क्रममा घाइते भएकी हुन् ।

चलचित्रको सुटिङ हैदराबादमा भइरहेको छ ।उनि तलबार चलउदै गर्दा घाइते भएकी हुन् । तलबारले कंगनाको टाउकोमा चोट लागेको छ । उनि को-स्टार निहार पांड्यासँग सो सीनको सुटिङ गर्दै थिइन् ।

कंगनाको टाउकोमा १५ टाका लगाउनु परेको अस्पतालले जनाएको छ । उनले केहि दिन अस्पतालमा आराम गर्नुपर्नेछ । चलचित्रका निर्माता कमल जैनले कंगनाले सीनको रिहर्सल गरेपनि सुटिङको समय गडबड भएको बताएका छन् ।

सीन अनुसार निहार पांड्याले  कंगना माथि तलबारले आक्रमण गर्दा टाउको झुकाउनु पर्ने थियो तर तर उनले त्यसो गरिनन् । कंगनाको दुई आखिभौको बीचमा गहिरो चोट लागेको छ ।  कंगनालाई  ३० मिनेट भित्र अस्पताल पुर्‍याइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ