arrow

विमानस्थल भन्सारमा 'आशिकुडा वर्ल्ड' लागू, व्यापारीको ठगीधन्दा रोकिने

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
aasicuda_world.jpg

काठमाडौं । भन्सार विभाग अन्तर्गत्को त्रिभुवन अन्तराष्ट्यि विमानस्थल भन्सार कार्यालयमा स्वचालित भन्सार (आशिकुडा) प्रणालीको सुरुवात गरिएको छ । उक्त प्रणालीको बिहीबार अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुंगानाले उद्घाटन गरे । यस अघि पनि ६ वटा भन्सार कार्यालयमा लागू गरिसकिएको आशिकोडा वर्ड विभिन्न मुलुकबाट सामान आउने अन्तराष्ट्रिय विमानस्थलमा भने पहिलो पटक लागू गरिएको हो । 

प्रणालीको शुभारम्भ गर्दै राजश्व सचिव ढुंगानाले यो नयाँ प्रणाली नभएर आशिकुडा, आशिकुडा प्लस प्लस हुँदै आशिकुडा वर्ड लागू गरिएको बताए । उनले प्रशासनिक दक्षता अभिवृद्धि र व्यापारमा हुने खर्चमा कटौती गर्नको लागि यस्तो प्रणालीको विकास गरिएको बताए । उनले भन्सार प्रविधिमा विश्वभरीको भन्सारसँग एकरुपता दिने सबैभन्दा पछिल्लो प्रणाली यही भएको भन्दै अब नेपालको भन्सार पनि अन्तराष्ट्रिय स्तरको प्रणालीसँगसँगै आबद्ध भएर जान थालेको सन्देश दिन सफल भएको बताए । भन्सार विभागका पूर्व महानिर्देशक र यो प्रणालीको सुरुवातकर्ता समेत रहेका ढुंगानाले अब कुनैपनि कर्मचारीहरुले पुरानो तरिकाले काम गर्ने होईन कि नयाँ तवरबाट काम गरेर अघि बढ्नुपर्ने बताए । 

त्यस्तै, भन्सार विभागका महानिर्देशक रामशरण चिमोरियाले धेरै मुलुकहरुसँग व्यापारहुने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आशिकुडा वर्ड लागू गरिएसँगै अब यहाँको जोखिम व्यवस्थापनमा हदैसम्मको कमि आउने बताए । उनले अब प्रविधिले मात्रै सबै काम नगर्ने भन्दै अब विभागका कर्मचारीहरुलाई पनि उत्सुकताका साथ काम गरेर प्रभावकारी सेवा दिन निर्देशन दिए । उनले आवश्यक प्राविधिक तथा अन्य सहयोगको लागि पनि प्राविधिकहरु सधैं तयारी अवस्थामा रहेको भन्दै उनले यो प्रणालीले भन्सारको जोखिम व्यवस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताए । 

त्यस्तै, विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले अहिले कर्मचारी व्यवस्थापन, संवेदनशील क्षेत्रहरुको निगरानी, कर्मचारीहरुलाई विभिन्न समूहमा विभाजन गरी जिम्मेवारी तोक्ने लगायतका प्रयासहरुबाट भन्सार कार्यालयलाई चुस्त र पारदर्शी बनाउने प्रयास गरिएको भन्दै अझ यस्ता प्रविधिहरुको विकास पछि आफूहरु झनै प्रभावकारी रुपले काममा लाग्ने बताए ।

के हो आशिकुडा ?  
आशिकुडा वल्ड भनेको भन्सारको अत्याधुनिक स्वचालित प्रणाली हो । सन् १९९४ सालबाट सुरु भएको आशिकुडाको परिस्कृत र परिवर्तित स्वरुप हो आशिकुडा वर्ड । यो आशिकुडा, आशिकुडा प्लस प्लस हुँदै आशिकुडा वल्डसम्म आएको एक किसिमको स्वचालित भन्सार प्रणाली हो । यो प्रणालीको मूल उद्देश्य भनेको नै प्रत्येक किसिमका व्यापारहरुको निगरानी गरी बैध व्यापारहरुलाई प्रोत्साहन गर्ने र अबैध व्यापारहरुलाई निरुत्साहित गर्नु हो । यसले अव पहिले जस्तो २ बजेसम्म काम विहिन बन्ने र २ बजेपछि भने कर्मचारीहरुलाई सास फेर्ने फुर्सद समेत नहुने समस्याको पनि समाधान गर्ने पनि सचिव ढुंगानाले जानकारी दिए । 

यो प्रविधि सीधै विमानस्थल भन्सारमा लागू गराउँन आवश्यक प्रक्रिया पूरा गर्न नसक्ने देखेर भन्सार विभागले यो प्रणालीलाई अन्य भन्सार कार्यालयअरुमा लगाएर आवश्यक रहेका सबै सिस्टमहरु र सबै सामग्रीहरु थप्दै वा आवश्यक परिमार्जन गर्दै अहिलेको यो प्रविधि ल्याईएकोले अबको भन्सार प्रणाली स्वचालित रुपमा सञ्चालन हुने भएको छ । 
 
यो प्रणाली लागूभएसँगै भन्सार नाकामा कुन कम्पनी वा व्यवसायीले कुन सामानको मूल्य कति घोषणा गर्यो भन्ने तथ्यांक भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान, आन्तरिक राजस्व विभागजस्ता राजस्व चुहावट हेर्ने सबै निकायले एकैसाथ देख्न सक्नेछन्। भन्सार नाकामा सामानको मूल्य घोषणा गर्दा न्यून बिजकीकरण गरेर थोरै राजस्व तिर्ने र त्यही वस्तु महँगो मूल्यमा बेचेर राजस्व छली गर्ने व्यवसायी वा कम्पनीलाई यो प्रणालीले समात्नेछ। राजस्व चुहावट हेर्ने निकायहरुले भन्सारमा घोषणा गरेको मूल्य र बेचेको मुल्यमा ठूलो अन्तर देखिए त्यसैअनुरुप कर लगाउन सक्नेछन्। 

नेपालमा यो प्रविधिको प्रयोग २०५५ सालमा शुरू भएको हो । भन्सार कार्यालयमा यस प्रविधिको प्रयोगले भन्सार प्रशासन तथा उद्योगी व्यवसायी दुवैलाई लाभ पुग्ने विश्वास गरिएको छ ।  यसअघि आशिकुडा लागू भएका वीरगञ्ज, भैरहवा, पर्सा सुक्खा बन्दरगाह, त्रिवि भन्सारको कार्गा र विराटनगर लगायतका भन्सारमा एशियाली विकास बैङ्क र विश्व बैङ्कको सहयोगमा सो प्रणाली विस्तार गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ