arrow

ट्रम्पका  छोरालाई सिनेट समितिले बोलायो 

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
USA.jpeg

वासिङटन । अमेरिकाको सिनेट समितिले  राष्ट्रपति ट्रम्पका जेठा छोरा र राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानाफर्ट लाई सुनवाइकालागी बोलाएको छ।


उनीहरुलाई आगामी जुलाई २४ सोमबारका दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाईका लागि बोलाइएको हो । 

सन् २०१६ को निर्वाचनका समयमा रुससँग गरेका इमेल वार्तालापका श्रृंखलाहरु सार्वजनिक गरेका राष्ट्रपतिका जेठा छोरा र सो निर्वाचनका प्रमुख व्यवस्थापक पाउललाई सोही विषयमा बुझ्नका लागि बोलाइएको बताइएको छ । 

राष्ट्रपतिका छोराले ती इमेलमा आफ्ना पितालाई राष्ट्रपतिमा विजयी गराउनका लागि पत्राचार गरेको स्वीकार गरेका छन् । मेलमा एक रुसी वकिलले राष्ट्रपतीय निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा ट्रम्प जुनियरले स्वागत गरेका छन् । 

ती मेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकामा एउटा नयाँ विवादको सुरुवात भएको बताइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफ्नो छोराको उक्त कार्यको बचाउ गरेका छन् । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ