arrow

'बिग बोस १२' का लागि अक्षयको नाम प्रस्ताब

सलमान 'दश का दम' मा फिर्ता हुने

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
salman-akshaya.jpg

एजेन्सी । पछिल्लो ६ सीजन देखि रियलिटी शो 'बिग बोस' मा होस्ट बनेका सलमान खान यस बर्ष मात्र  शोलाई होस्ट गर्ने बताइएको छ ।  भारतिय सञ्चारमाध्यमका अनुसार  सलमान आगामि बर्ष देखि सोनी टिभिमा प्रसारण हुने शो 'दश का दम' मा फिर्ता हुनेछन् । यो सँगै 'बिग बोस ११' सलमानको अन्तिम सीजन हुने अनुमान गरिएको छ ।

कलर्स च्यानल सलमान पछि अब अक्षय कुमारलाई बिग बोसको होस्ट बनाउने विचारमा रहेको बताइएको छ ।च्यानलको विचारले सफल भए अक्षय 'बिग बोस १२' लाई होस्ट गर्दै देखिनेछन् । अक्षय कुमार कयौ पटक चलचित्रको प्रमोशनको लागि बिग बोसमा देखि सकेका छन् ।

भारतिय एक अनलाईन बेबसाइटका अनुसार सलमानका पुर्व म्यानेजर रेशमा शेट्टीले 'बिग बोस' मा उनको प्रतिस्थापनको लागि अक्षय कुमारको नाम प्रस्ताब गरेकी छन् । हालै रेशमाले कलर्सका राज नायकसँग भेटेर शोको होस्टको लागि अक्षयको नाम बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ