arrow

अबरुद्ध रिडी- रुद्रबेणी- वामटिक्सार सडक सूचारु

logo
कौरव खत्री,
प्रकाशित २०७४ साउन ५ बिहिबार
ridi_sadak.jpg

गुल्मी । रिडि- रुद्रबेणी- वामीटक्सार अन्तर्गतको अबरुद्ध सडकखण्ड  बिहिबारदेखि पुर्ण रुपमा सुचारु भएको छ । बिगत दुइ हप्तादेखी सडकखण्ड अन्तर्गत गुल्मीको सत्यबती गाँउपालिकादेखी मुसिकोट नगरपालिका सम्मका धेरै ठाँउमा पहिरो खसेको कारण सडक अबरुद्ध बनेको थियो ।

यता मुसिकोट नगरपालिकाको आँपचौरमा गएको भिषण पहिरोलाई डोजर प्रयोग पहिरो हटाएपछि उक्क्त   सडकखण्ड सूचारु भएको तम्घास सिमलटारी प्यूठान सडक आयोजनाका इन्जिनियर अच्युतविलास पन्तले जानकारी दिए ।सडक सूचारु भइसकेपछि बाग्लुङ्गको बुर्तिबाङ्गदेखी बुटवल सम्मकै सडक खुलेको जनाइएको छ ।

जिल्लाको अति व्यस्त सडकखण्ड अबरुद्ध भएपछि यात्रुहरु तथा सवारीका साधनहरु इन्द्रगौडा हुदै सदरमुकाम तम्घास भएर लामो दुरीको सडक प्रयोग गरि आ–आफ्ना गन्तव्यमा पुग्नुपर्ने बाध्यता रहेको थियो ।त्यस्तै रिडि रुद्रबेणी वामीटक्सार अन्तर्गतको सडक सूचारु भएपछि साना सवारी साधन जीप सञ्चालन हुदा आम सर्वसाधरणलाई निकै सहज भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ