arrow

कांग्रेसले गर्‍यो स्थानीय तह प्रमुख, उप-प्रमुखलाई सम्मान

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ साउन ५ बिहिबार
kapilbastu-congress.jpg

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तुले  स्थानीय तहमा पार्टिको तर्फवाट निर्वाचित  प्रमुख तथा उप प्रमुखहरुलाई  वधाई तथा सम्मान कार्यक्रम गरेको छ । तौलिहवा स्थित पार्टी कार्यालयमा कार्य समितिका पदाधीकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा वोल्दै कांग्रेसका पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आर्चायले नेपाली कांग्रेसलाई मत दिई विजयी बनाउने जनतालाई हार्दिक आभार व्याक्त गरे । साथै आर्चायले सवै प्रमुख तथा उप प्रमुखलाई जनतामुखी भई काम गर्न निर्देशन दिए । “कांग्रेसको लागी जनताले राखेको अपेक्षा विकास र समुन्नती हो त्यसको लगी तपाईहरु  नेतृत्वमा पुग्नुभएको छ सो वाचा पुरा गर्नुपर्दछ' आर्चायले भने  ।साथै अव गठन हुने जिल्ला समन्यव समितिमा नेपाली कांग्रेसकै बहुमतबाट समिति गठन हुने आर्चायले बताए ।

 कपिलवस्तुको वाणगंगा नगरपालिकमा प्रमुख मंगल प्रसाद थारु, बुद्धभुमि नगरपालिकाको प्रमुखमा केशव कुमार श्रेष्ठ, उप प्रमुखमा मिरा थारु, महाराजगंज नगरपालिकाको प्रमुखमा अब्दुल कलाम खां, उप प्रमुखमा शोभावती चौधरी, कपिलवस्तु नगरपालिको प्रमुखमा किरण सिंह , उप प्रमुखमा लक्ष्मी गुप्ता , यशोधरा गाउं पालिकाको प्रमुखमा  गिरिजेश कुमार पाण्डेय, उप प्रमुखमा कन्यावती उपाध्याय र शुद्धोधन गाउं पालिका उप प्रमुख सुधादेवी पाण्डेय निर्वाचित भएका थिए ।  कपिलवस्तुका १० स्थानीय तह मध्ये ५ तहमा प्रमुख तथा उप प्रमुख कांग्रेसका उमेद्धारी विजयी भएका छन् ।  

साथै कांग्रेसको बैठकले निर्वाचमा घात अन्र्तरघात गर्नेलाई कारवाही गर्ने जनाएको छ । निर्वाचनमा  असहयोग गर्नेको नामावली तयार गर्न क्षेत्रीय समितिलाई जिम्मा दिइएको छ क्षेत्रिय समितिले नामावली तयार गरी जिल्लामा पेश गरेपछि कार्वाही गर्ने प्रचार विभाग प्रमुख प्रकाश घिमिरेले जानकारी दिएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ