arrow

पाल्पामा मतदाता नामावली दर्ता गराउनेको लाग्यो भीड

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ५ बिहिबार
palpa-election.jpg

पाल्पा । निर्वाचन आयोगले मतदाता नामवली दर्ता र अत्यावधीक गर्न सुरु गरेपछि जिल्ला निर्वाचन कार्यलय पाल्लमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेहरुको अत्यधिक भीड  देखिएको छ ।  सरकारले स्थानिय तहको निर्वाचनमा मत खसाल्न नपाएकाहरुका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन समयावधी निर्धारण गरेपछि जिल्लामा नाम दर्ता गराउन आउने फोटो सहितको मतदाता नामावलीमा नाम छुटेकाका लागि नाम समावेश गर्न र एक ठाउँबाट अर्को ठाउँ मतदान केन्द्रमा नाम स्थानान्तरणका लागि यो अवसर दिएको हो ।

दुई वटा नगरपालिका र आठ वटा गाउँपालिका रहेको यस जिल्लामा गत स्थानिय तहको निर्वाचनमा कुल १ लाख ६७ हजार ८ सय ४५ मतदाता मध्य ८० हजार ५४ पुरुष , र महिला ८७ हजार ७ सय ९२ रहेकोमा ७ हजार ३ सय ३८ ले पुरुषको तुलनामा महिलाको सख्या बढि थियो । निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गर्न आउनेहरुमा भने महिलाको तुलनामा पुरुषको सख्या बढि नै रहेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख धर्मा अर्यालका अनुसार ४ दिनको अवधिमा ८ सय ४५ जनाले फोटो सहितको नामावलीमा नाम समावेश गरिसकेका छन् । प्रमुख अर्यालका अनुसार दैनिक २ सय देखि २ सय ५० जना आउने गरेका छन् ।
 
गत असारमा सम्पन्न स्थानिय तहको निर्वाचनमा मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका कारण २० बर्ष पछि भएको स्थानिय तहको निर्वाचनमा आफु मतदान गर्नबाट वन्चित भएकोले यस पटकको अवसरलाई उपयोगमा ल्याएको भैरवस्थानका ७१ वर्षीय यक देब खनालले बताए । प्रमुख अर्यालका अनुसार साउन १ गते देखि १५ गते सम्म जिल्ला निर्वाचनको कार्यालयमा र त्यस पछि स्थानिय तहको केन्द्रबाट नामावली अत्यावधीक गरिने छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ