arrow

गर्मीका कारण जिल्ला अस्पतालमा विरामीको सङख्या बढ्यो

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ साउन ५ बिहिबार
Palpa_District.png

पाल्पा ।  बर्षायाम संगसंगै बढ्दो गर्मी मौसमका कारण  पाल्पा अस्पतालमा भाइरलज्वरो, टाइफाइट र झाडापखालाको उपचार गर्न आउने विरामीको सङख्या अत्यधिक बृद्धि भएको  छ । बर्खाको पानीले खानेपानीका मुहान प्रदुषित हुनुका साथै वातावरण समेत प्रदुषण भएकाले ज्वरो र झाडापखालाका विरामीको सख्या बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

हिजो आज पाल्पा अस्पतालमा विभन्न रोगका दैनिक दुइ सय विरामीहरु उपचार गर्न आउने अस्पतालका चिकित्सक डा.अनु सिंहले बताईन ।   अस्पतालमा न्यूनतम शुल्कमा भिडियो एक्सरे , इ.सी.जी , प्रसुती सेवा , क्षयरोग, कुष्ठरोग , सुरक्षित गर्भपतन लगायतका सेवा दिने गरिएको छ । १५ सैयाको पाल्पा अस्पतालले आफ्नो सेवा र सुविधा विस्तार गरेपछि अस्पताल प्रति विरामीले विश्वास बढ्न थालेको पाइएको छ ।

 सरकारको निती अनुसार अस्पताल भित्रै फार्मेसी सेवा सञ्चालन गरी ७० प्रकारका औषधीहरु विरामीलाई निशुल्क उपलब्ध गराउदै आएको छ । अस्पतालले आफ्नो सेवा भरपर्दो र विश्वासिलो बनाए पछि विरामीहरु निजी क्लिनिक र महंगा अस्पतालहरु छाडेर पाल्पा अस्पतालमा उपचार गर्न आउने गरेको बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ