arrow

२ नं प्रदेशमा भदौ २१ गते मनोनयन दर्ता

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । निर्वाचन आयोगले झण्डै दुई महिना पछि हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन सञ्चालनको लागि निर्वाचन कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

नेपाल सरकारबाट असार १ गते प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि असोज २ गतेको लागि तोकिएको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकिए अनुरुप प्रदेश नं. २ का ८ (आठ) जिल्लाका १२७ (एक सय सत्ताइस) स्थानीय तह (गाउँपालिका/नगरपालिका) को निर्वाचन सम्पन्न गर्नको लागि भदौ २१ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र भदौ २४ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेसम्मको कार्यक्रम सञ्चालन गर्ने र मतदानको कार्य २०७४ साल असोज २ गते बिहान ७ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म सञ्चालन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको आयोगले जनाएको छ । प्रस्तुत स्वीकृत निर्वाचन कार्यक्रम अनुसारका कार्यहरू सम्पादन गर्नको लागि आयोगले मुख्य÷निर्वाचन अधिकृतको नियुक्ति लगायत अन्य आवश्यक तयारी गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ