arrow

शान्ति शिक्षा अभियानले गर्‍यो सीस्नेरी माध्यमिक विद्यालयको भवन पुननिर्माण गरि हस्तान्तरण

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
santischool-lalitpur.png

ललितपुर । शान्ति शिक्षा अभियान नेपालले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण मर्मत कार्यक्रम २०७२/७३”अन्तर्गत ललितपुर जिल्ला महालक्ष्मि नगरपालिका–९ मा अवस्थित सीस्नेरी माध्यमिक विद्यालय पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ। ललितपुर क्षेत्र नं ३ का माननिय सांसद तथा नेपाली काँग्रेस ललितपुर जिल्ला सभापती मदन बहादुर अमात्यले पुनर्निर्माण भएका भवनको हस्तान्तरण गर्नुका सामाजिक परिक्षणको उद्घाटन गरे ।

 संस्थाले “भुकम्पले क्षतिग्रस्त विद्यालय भवन पुननिर्माण-मर्मत कार्यक्रम २०७२/७३” अन्तर्गत दोलखा जिल्लाका ५, काभ्रे जिल्लाका ४, काठमाण्डौं जिल्लाका ३ र ललितपुरका १० वटा गरी कुल  २ करोड ७५ लाख को लागतमा २२ वटा विद्यालय भवन मर्मत तथा पुननिर्माण गर्ने योजना गरेको थियो । यस अघि संस्थाले सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षाका लागि विद्यालयमा विविध कार्यक्रमहरु संचालन गर्दै आईरहेको थियो ।

सिस्नेरी माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रममा शान्ति शिक्षा अभियान नेपालका कार्यकारी निर्देशक रचना महर्जनले निर्माण गरिएको भवनको कुल लागत रकम १४,७४,१६५ बारे विस्तृत रुपमा समुदायलाई जानकारी गराइन।

 
यसैगरी शान्ति शिक्षा अभियान नेपालका अध्यक्ष रबिन्द्र महर्जनले सिस्नेरी मााध्यमिक विद्यालयमा भुकम्पले क्षतिग्रस्त भई असुरक्षित अवस्थाको भवनमा विद्यार्थीहरुलाई राखी अध्ययन अध्यापन गराईरहेकाले विद्यालयमा लागत कोषबाट निर्मित अधुरो भवन निर्माण गरि कक्षाकोठाहरु तयार गरि विद्यार्थी तथा शिक्षकहरुलाई जोखिमबाट मुक्त गर्न र विद्यालयलाई बेरुजु फछ्र्यौट गर्न सहयोग गर्न पाउँदा आफु अत्यन्त हर्षित भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि मदन बहादुर अमात्यले भुकम्पले विद्यालयमा बालबलिकाहरुलाई पठनपाठन गर्न उपयुक्त कक्षाकोठाको व्यवस्था हुनुका साथै शिक्षक शिीक्षकाहरुलाई अध्यापन गराउन सहज वातावरण श्रृजना भएकोमा धन्यबाद व्यक्त गरेका थिए उनले शिक्षक शिक्षिकाहरुलाई आफ्ना विद्यार्थीहरुलाई शिक्षा दिनुका साथै एक असल नागरिक बन्न उत्प्रेरणा गर्नुहुने अपेक्षा जाहेर गरे।

सो कार्यक्रमका विशेष अतिथि ललितपुर क्षेत्र नं २ का सांसद चन्द्र महर्जनले विद्यालयमा सुरक्षित कक्षाकोठाहरु निर्माण भएकोले आफु खुशी व्यक्त गर्नुका साथै सिस्नेरी माध्यमिक विद्यालयको हाता भित्र खेल मैदान निर्माणका लागि दशलाख रुपैयाको आर्थिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ