arrow

नसोचेको जिम्मेवारी पाएँ : निर्वाचित राष्ट्रपति कोविन्द

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
amit-shah-ramnath-kovind-mod.jpg

नयाँ दिल्ली।  निर्वाचित भएपछि कोविन्दले आफू गरीव तथा तल्लो वर्गका नागरिकहरूको प्रतिनिधित्व गरेर राष्ट्रपति भवन छिर्न लागेको बताएका छन् । मुलुकको सवै भन्दा ठूलो पदमा निर्वाचित हुन पाउँदा भावुक भएको र गाँउमा हुँदाका क्षणहरूको सम्झना भइरहेको बताए ।

उनले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै नलिएको बताउदै नसोचेको जिम्मेवारी पाएकाले देश र जनताको सेवामा अझ बढी लाग्ने अठोट व्यक्त गरे।

पुर्वराष्ट्रपतिहरू डा राजेन्द्र प्रसाद, एपीजे अब्दुल कलाम लगायतलाई स्मरण गर्दै उनले विद्वानहरूको उत्तराधिकारी हुँन पाउदा गौरव महशुस भएको बताए  । उनले आफूलाई विश्वास गरेकोमा मतदाताहरू प्रति अभार व्यक्त गर्दै जनताको सर्वोत्तम हितका लागि मात्रै काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनमा आफुसँग प्रतिश्पर्धा गरेकी मिरा कुमारलाई पनि कोविन्दले धन्यबाद र शुभकामना व्यक्त गरे। राष्ट्रपतिका प्रतिस्पर्धि मीरा कुमार कुमारले पनि बधाई तथा शुभकामना दिएकी छन् । नयाँ राष्ट्रपति देश र जनताको सेवामा सफल हुने विश्वास पनि उनले व्यक्त गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ