arrow

दलित केटासँग प्रेम गरेर इज्जत फालेको भन्दै यसरी निर्घात कुटिइन् युवती (भिडियोसहित)

गाउँलेसामु निर्घात कुट्ने बाबुलाई सार्वजनिक मुद्दा

logo
प्रकाशित २०७४ साउन ५ बिहिबार
news_kutpit.jpg

बुटवल ।  रुपन्देहीको मर्चवारी गाउँपालिका–६ की एक किशोरीलाई निर्घात कुटेको भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले कुटपीटमा संलग्नलाई कारबाही सुरु गरको छ । प्रहरीले किशोरीलाई कुट्ने व्यक्तिलाई प्रक्राउ गर्न मर्चवार इलाका प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ ।

मर्चवार इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक नरेश्वर अर्यालले मर्चवारी –६ डिहुलीकी १९ वर्षीया मीना यादवलाई कुट्ने उनकै बाबु इन्नर अहिदलाई प्रक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाउने बताएका छन्  

विवाह भएको तर, गौना नभएकी छोरी मीना अर्कै २१ वर्षीय युवा दिनेश लोधसँगको प्रेममा परेको भन्दै असार १९ गते बुबाले कुटपिट गरेको अर्यालले जानकारी दिए ।

कुटपिट गरेपछि प्रहरी थुनामा रहेका इन्नर अस्वस्थ भएपछि छाडिएको सहायक निरीक्षक अर्यालले बताए । ‘६ महिना मानसिक रोगको औषधि खाएकाले थुनामा राख्ने अवस्था नभएपछि छाडेको अर्यालको भनाई छ ।
सार्वजनिक रुपमै सामूहिक कुटपीटको भिडियो सार्वजनिक भएपछि प्रहरीले फेरि इन्नरलाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाउने तयारी गरेको छ । इन्नर भैरहवामा मजदुरी गर्दै आएका छन् ।

विवाह भइसकेकी मीना अर्कै युवकसँग लागेपछि विवाह गरेको केटा पक्षले क्षतिपूर्ति दिएको प्रहरीले जनाएको छ । ‘विवाह भएको तर, गौना नभए क्षतिपूर्ति दिने चलन रहेछ, केटा पक्षले त्यही दिएको हो’, अर्यालले भनेका छन् ।

मीनासँग प्रेम सम्बन्धमा रहेका लोधले केटीको परिवारललाई एक लाख रुपैयाँ दिएको बताइएको छ । प्रहरीले भने रकम खुलाएको छैन । दिनेश लोध दलित भएकै कारण इज्जत फालेको आरोपमा मीनामाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।

सार्वजनिक भएको भिडियोमा उनका बुबासहित केही व्यक्तिले मीनामाथि निर्घात कुटपिट गरेको देखिन्छ । आफ्ना प्रेमी लोधलाई बचाउन खोज्दा मीना कुटिएको प्रहरीको भनाइ छ । स्थानीयले मीना र लोध दुवैलाई भाटा प्रहार गरी कुटेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ