arrow

श्रीलंका हिँडेका आठ नेपाली युवतीहरु विमानस्थलबाटै फिर्ता

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
TIA.jpeg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले क्यासिनोको तालिम लिन भन्दै श्रीलंका हिँडेका आठ नेपाली युवतीलाई फिर्ता (अफ लोड) गरेको छ ।

गत मंगलबार भारतको मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बोमा क्यासिनोको तालिम लिन हिँडेका आठ युवतीको यात्रा शंकास्पद भएको भन्दै अध्यागमनले फिर्ता गरेको हो ।

अध्यागमन कार्यालयले सबिना कार्की, सिर्जना तामाङ, निर्मला लामा, नमूना केसी, चन्दा काफ्ले, सिर्जना गुरुङ, उर्मिला गुरुङ र विमला भण्डारीलाई श्रीलंका भ्रमणको उद्देश्य स्पष्ट नभएको भन्दै प्रस्थान अनुमति रोकेको हो ।

पछिल्लो समय मानव तस्करहरुले नेपाली युवतीलाई कुवेत, साउदी लगायत खाडी मुलुक पठाउन श्रीलंकालाई ‘ट्रान्जिट’ बनाउने गरेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ