arrow

छोरी कुट्ने बाबुलाई सार्वजनिक मुद्दा, बिहे भएर गौना नभएकी तर अर्कैसित सल्केकी.......

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
father-hit-daughter.JPG

बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका ६, डिहुलीकी एक किशोरीलाई निर्घात कुटेको भिडियो सार्वजनिक भए लगत्तै प्रहरीले कारबाही प्रक्रिया सुरु गरेको छ। 

रुपन्देही प्रहरीले किशोरीलाई कुट्ने व्यक्तिलाई प्रक्राउ गर्न मर्चवार इलाका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

मर्चवार इलाका प्रहरी कार्यालयका सहायक निरीक्षक नरेश्वर अर्यालले डिहुलीकी १९ बर्षीया मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई पक्राउ गरी सार्वजनिक मुद्धा चलाउने जानकारी दिए ।

बिहे भएको तर गौना नभएकी छोरी मीना अर्कै युवा २१ वर्षीय दिनेश लोधसंग प्रेममा गासिएको भन्दै असार १९ गते बुबाले कुटपिट गरेको अर्यालले जानकारी दिए ।

कुटपिट गरेपछि प्रहरी थुनामा रहेका इन्नर अस्वस्थ भएपछि छाडिएको प्रहरीले जनाएको छ।  ‘६ महिना मानसिक रोगको औषधि खाएकाले थुनामा राख्ने अवस्था नभएपछि छाडेका थियौं’, अर्यालले भने ।

भिडियो सार्वजनिक भएपछि प्रहरीले पुनः इन्नरलाई पक्राउ गरी सार्वजनिक मुद्धा चलाउने तयारी गरेको छ । 

इन्नर भैरहवामा मजदुरी गर्दै आएको प्रहरीले जनाएको छ।

विहे भइसकेकी मीना अर्कै युवकसंग लागेपछि बिहे गरेका केटा पक्षले क्षतिपूर्ति दिएको प्रहरीले जनाएको छ। ‘बिहे भएको तर गौना नभए क्षतिपूर्ति दिने चलन रहेछ, केटा पक्षले त्यही दिएको हो’, अर्यालले भने ।

मीनासंग प्रेम सम्बन्धमा रहेका लोधले केटीको परिवारललाई एक लाख रुपैयाँ दिएको बताइएको छ । प्रहरीले भने रकम खुलाएको छैन । दिनेश लोध दलित भएकै कारण इज्जत फालेको आरोपमा मीनामाथि कुटपिट भएको स्थानीयले बताएका छन् ।

भिडियोमा उनका बुबा इन्नरसहित अन्य केही व्यक्तिले मीनामाथि निर्घात कुटपिट गरेको देखिन्छ । आफ्ना प्रेमी लोधलाई बचाउन पुग्दा मिना कुटिएको प्रहरीको भनाइ छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ