arrow

इनार सफा गर्दा मजदुरको मृत्यु, नौ घण्टापछि शव निकालियो

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
Dead_Body.jpg.jpeg

रत्ननगर । पश्चिम चितवनको गीतानगरस्थित एक घरको इनार सफा गर्न गएका मजदुरको निस्सासिएर मृत्यु भएको छ । 

भरतपुर महानगरपालिका–२३ स्थित नयाँ बस्तीका सोमबहादुर लोको घरमा रहेको इनार सफा गर्न गएका स्थानीयवासी ३६ वर्षीय रामकुमार रानाको बिहीबार विहान निस्सासिएर मृत्यु भएको हो । 

करिव ४० फिट गहिरो इनारमा पसेका मजदुर रानाको अक्सिजनको अभावमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

उनको ९ घण्टापछि विहीबार साँझ ७ बजे मात्र शव निकालिएको थियो । 

बिहान ९ः४० बजे इनार सफा गर्न गएका उनी केही समयपछि नै प्रतिक्रियाविहीन भएका थिए । 

स्थानीयवासीबाट घटनाको जानकारी आएपछि नेपाली सेनाको टोलीले दिउँसो उद्धारको प्रयास गरेपनि सफल हुन नसकेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । 

सेनाको टोली २५ फिट तल पुगेपनि अक्सिजन नहुँदा भित्र जान सकेन । त्यसपछि अक्सिजनसहित कुरिनटारस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली बोलाइएको थियो । 

सो टोलीले साँझ ७ बजेतिर करिब ९ घण्टापछि उनको शव निकालेको चितवन प्रहरीले जनाएको छ । 

कुरिनटारबाट टोली आउनुपर्ने भएकाले नारायणगढ–मुग्लिन सडकको बाटो भएर आउँदा उनको उद्धार गर्न लामो समय लागेको हो । 

उनको शवपरीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ