arrow

आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटः सिंगापुर विरुद्ध नेपालको कमजोर ब्याटिङ

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
u-19-nepal-cricket.jpg

सिंगापुर । सिंगापुरमा भइरहेको आइसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेटको चौथो खेलमा नेपालले अहिले सिंगापुरसंग खेलिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ गरेको छ । 

नेपाल ४६.५ ओभरमा १६८ रन बनाएर अलआउट भयो । दिपेन्द्र सिंह ऐरीले ५४, सन्दिप सुनारले २६, प्रकाश केसीले २३ तथा रोहित कुमार पौडेलले १५ रन बनाए । त्यसबाहेक अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् । 

चार टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छानिने छ । विश्वकपमा छानिने सम्भावना जिवितै राख्न नेपालले सिंगापुरलाई भारी अन्तरले हराउनै पर्ने हुन्छ ।

पहिलो खेलमा भने नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । त्यस्तै दोस्रो खेलमा मलेसियालाई ५ विकेटले हराएको नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग १४१ रनले पराजित भएको थियो ।

एक चरणको समाप्तिसम्म अफगानिस्तान फराकिलो रनरेटसहित ६ अंक बटुल्दै शीर्ष स्थानमा छ भने नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । सिंगापुरको २ तथा मलेसिया अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ