arrow

द्वन्द्वपीडितको साढे २ करोड खातामा त्यसै छ, पीडितलाई दिईँदैन

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ साउन ६ शुक्रबार
shanti-samiti.jpg

पाँचथर । पाँचथर जिल्लामा द्धन्द्धकालमा विस्थापित भएका परिवार र मृतकका लागि आएको साढे २ करोड रुपैयाँ रकम फ्रिज भएको छ । द्धन्द्धकालको समयमा विस्थापित भएका परिवारका लागि आएको ५ करोड १६ लाख ७५ हजार रुपैया मध्ये २ करोड ४७ लाख ९५ हजार रुपैया रकम फ्रिज भएको हो ।

कुल रकम मध्ये १ हजार ६ सय जनाले १६ हजार ८ सयका दरले २ करोड ६८ लाख ८० हजार रुपैया रकम विस्थापित परिवारले बुझेका छन् । यस्तै द्धन्द्ध पीडितका लागि आएको ८ करोड ९८ लाख रुपैयाँ रकम मध्ये ७ लाख रुपैयाँ रकम फ्रिज भएको स्थानीय शान्ति समिती पाँचथरले जनाएको छ । कार्यालय प्रमुख टंक पौड्यालका अनुसार १ सय ७१ मृतक परिवारले ५ लाखका दरले उक्त रकम वुझेका हुन् । यस्तै बाँकी रकम सेना तथा प्रहरीका मृतकका परिवारले वुझेको कार्यालयले जनाएको छ ।

जेठ पहिलो सातामै द्धन्द्धपीडितका लागि रकम आएपनि असार १४ मा स्थानिय तहको निर्वाचन तोकेको हुँदा रकम वितरणमा ढिलाई भएको हुँदा पनि बढी रकम फ्रिज भएको उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ