arrow

तिमी अर्थात उज्यालो

logo
ठाकुर बेलवासे,
प्रकाशित २०७४ साउन ६ शुक्रबार
thakur-balbase.jpg

तिमीले चिनाएको 
देशको झण्डा हातमा उठाएर 
म आज नागरिक बनेको छु 

तिमीले रचेको ईतिहास पढेर 
खोल्सा , खोच र गोरेटाहरु 
अनि अफ्नै अनुहार चिन्ने भएको छु 

तिमीले एउटा आकाश बनायौ 
म त्यही आकाशमा 
अनन्त उड्ने चराजस्तो भएको छु 

तिमी नजन्मिएको भए 
मेरा टाउका माथिको आकाश 
वर्षाको हिलोजस्तो हुने थियो 
गर्मीसंगै फुटेर पटपटी मेरा आखामा उड्ने थियो 

तिमीले आखा नखोलेको भए 
वादलको जंगलमा हराउने थियो आकाश 
चारै तिरबाट तन्काएर 
आकाशलाई आकार दियौ तिमीले 
अहिले म 
निर्धक्क आकाश हेरेर 
ताराहरु गन्न सक्ने भएको छु 

हृदय सल्काएर तिमीले 
उज्यालो बनायौ धर्ती आकाश 
तिम्रै विचारको सलेदोको उज्यालोमा 
वाज र परेवासंगै कावा खाइरहेका छन् 

दुःख र स्वतन्त्रताको रंग पोतेर
तिमीले अस्तित्वको सून्दर तस्वीर छोडेर गयौ 
आज त्यही तस्वीरमा 
आफ्नो अनुहार हेरर 
जीवनको संगीत सुन्न सक्ने भएको छु 

तिम्रा सपनामा म बिउँझिएको छु 

अब वासुरी बजिसकेको छ 
तिमीले कथेको मेरो गीत 
गाउने समय आएको छ । 

नेपाली साहित्य र राजनीतिका अमर व्यक्तित्व बीपी कोइरालाको ३५ औं स्मृति दिवसका सन्दर्भमा लेखिएको कविता ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ