arrow

भारतविरुद्ध गैरकूटनीतिक रुपमा प्रस्तुत हुने चीनको चेतावनी, सेना तयारीमा

सैनिक पूर्व अभ्यास देखाउनको लागि मात्रै होईन 

logo
प्रकाशित २०७४ साउन ६ शुक्रबार
india_sikkim_china1.jpg

काठमाडौं । भारत, चीन र भुटानबीच त्रिदेशीय तिक्तता छाईरहेको बेलामा चीनले भारतलाई फेरि अर्काे धम्की दिएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाईम्सले शुक्रबार एउटा सम्पादकीय प्रकाशन गर्दै भारतको रबैया यस्तै चलिरहे चीन गैरकूटनीतिक रुपमा नै भारत विरुद्ध प्रस्तुत हुने धम्की दिएको हो । 

सम्पादकीयमा ग्लोबल टाईम्सले आफूहरुले यस अघि विभिन्न समयमा गरेको पूर्वाभ्यास देखाउनको लागि मात्रै नभएको भन्दै 'चिनियाँ जनमुक्ति सेनाले युद्धग्रस्त क्षेत्रतर्फ लगेको सैन्य सामग्रीको बारेमा पनि भारतले सुनेकै हुनुपर्ने हो' भनेको छ। 

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार आफ्नै मुलुकको संसद्मा ''सबै मुलुकहरुले भारतलाई समर्थन र सहयोग गर्छन्'' भन्ने अभिव्यक्ति मिथ्या रहेको भन्दै भारत चिनियाँ भूमिमा आएर आफैंले विश्व समुदायको विश्वास गुमाईसकेको अनलाईनले उल्लेख गरेको छ। भारतीय सेना चिनीयाँ सेना भन्दा धेरै नै गुणा कमजोर रहेको भन्दै भारत र चीनबीच युद्ध हुने हो भने भारतको पराजय निश्चित रहेको चीनको दाबी छ।

भारतको रबैया विस्तारै मत्थर हुँदै गएको चीनको दाबी छ । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार अहिले विवादित रहेको दोक्लाम त्रिदेशीय विवादित भूमि रहेको भन्दै भारतले दुबै मुलुकका सेना हट्ने हो भने आफू पनि फिर्ता हुन तयार रहेको बताएको छ । भारतले चीनसँग यस्तै प्रस्ताव गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। यस अघि भारतले त्यो भूमि आफ्नो रहेको दाबी गरिरहेको थियो। तर उसमा अहिले सच्चाईको भावना जागृत रहेको चीनको ठहर छ। 

चीनले धेरै सहिष्णु भएर भारतसँग प्रस्तुत भईरहेको भएपनि भारत भने उचछृङ्खल रुपमा अतिक्रमण गर्न तर्फ उद्दत रहेको आरोप चीनले भारतलाई लगाउँदै अब भने चीनको धैर्यताको बाँध टुट्ने बेला भएको चेतावनी दिएको छ। यस्तो गतिविधि नरोक्ने हो भने चीन भारत विरुद्ध गैर कूटनीतिक रुपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिएको हो। भारतीय सेना नहटाएसम्म विवादित उक्त भूभागबाट फिर्ता नहुनेगरी  चिनियाँ सेना भारत-चीन सीमा तर्फ लागेको चीनले स्पष्ट पारेको छ। 

एक इन्च आफ्नो भूभागको लागि पनि चीन हतियार उठाउन तयार रहेको बताउँदै भारतको अहिलेको हर्कत चिनियाँ जनतामाथिको घृणास्पद व्यवहार रहेको बताएको छ। 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ