arrow

किन हार्छन् युद्धमा महारथीहरू ?

logo
डा प्रकाश ढकाल,
प्रकाशित २०७४ साउन ६ शुक्रबार
Geeta-1.jpg

काठमाडौं । युद्धमा कसैले सोचेको जस्तो हुँदैन । कहिलेकाहिँ आफूले नसोचेको कुरा पनि भईरहेको हुन्छ । बाबा, आमा र गुरु भनेका त्यस्ता महान् व्यक्तित्व हुन् जसले आफ्नो सन्तान एवं शिष्यले सदा सर्वदा विजय प्राप्त गरिराखोस् भन्ने चाहन्छन् । यति सम्म चाहन्छन् सकल बाबा आमाले आफूलेभन्दा कैयौँ गुना सुख भोग गरोस्, । श्री सम्पति जुटाओस् आफ्नो भन्दा धेरै इज्जत आओस् भन्ने कामना गर्दछन् । संसारका असल महान् गुरुहरू पनि आफ्नो शिष्यको पराक्रम, सामथ्र्य र विद्याको बखान चारैतिर छाओस् भन्ने चाहन्छन् ।

आफ्नो शिष्यको सुप्रसिद्धिसँगै गुरुको पनि कीर्ति झनै देदिप्यमान हुन्छ । अरुबाट शास्त्रार्थ, युद्ध लगायतका कुरामा गुरुहरू कहिल्यै हार्ने चाहना गर्दैनन् तर आफ्नो शिष्यबाट पराजित हुनु भनेको गुरुको झर्नै कीर्ति बढ्नु हो । मैले मेरो शिष्यलाई यति सम्मको शिक्षा दिएँ कि उसले मलाई युद्ध÷शास्त्रार्थमा हरायो । यस्तो कुराले गुरुको निस्वार्थ शिक्षा,प्रेम एवम् आदर्शताको घनिभूत प्रचार हुन्छ । यसै प्रसङ्गानुसार कुरुवंशी राजकुमार हरूलाई कृपाचार्य र द्रोणाचार्यद्वारा भीष्मपितामहको विशेष निगरानीमा आवश्यक शिक्षाको प्रबन्ध गरियो । सोही क्रममा कृपाचार्य र द्रोणाचार्यद्वारा मेधावी धनुर्धारीकोे रूपमा अर्जुनलाई चिनाइयो । कृपाचार्य र द्रोणाचार्यले विश्वको सशक्त धनुर्धारीको रूपमा अर्जुनलाई चिनाए ।

एकलव्यको विशेष धनुप्रदर्शनबाट सशंकित द्रोणाचार्यले एकलव्यको दाहिने बुढी औंला गुरुदक्षिणा मागेर उसको धनुर्धारी शक्तिको क्षय गराए । यसको प्रमुख आशय अर्जुन अजेय वीर बनोस् भन्ने नै हो । महाभारतको युद्धमा अब साँच्चै अर्जुनको परीक्षा हुँदै थियो । सँगसँगै द्रोणाचार्य र कृपाचार्यको प्रदत्त शिक्षाको पनि परीक्षा थियो । अर्जुनको गुरूप्रतिको श्रद्धाभक्तिले कृपाचार्य र द्रोणाचार्य अत्यन्त पुलकित थिए । उनीहरू अर्जुनको विजय देख्न चाहन्थे । यो उनीहरूको हार विना सम्भव थिएन ।

कौरवहरूले अन्याय गरेको कुरा उनीहरूले बुझेका थिए । सत्यको पक्षमा लागेका,े विश्वको अजेय वीरको उपाधी दिइएको अर्जुनको वीरगतिले समाजमा गुरुहरूको मान मर्यादा र प्रतिष्ठामाथि प्रश्न उठ्ने देखेर पनि स्वयं आचार्यहरूले हारेका हुन् । यो अर्जुन वीर भएर भन्दा पनि गुरुहरूको “शिष्यादिच्छेद् पराजयम्” भन्ने आदर्शको विजय भएको हो ।

वेद,रामायण,पुराण,महाभारत जस्ता पूर्वीय ग्रन्थहरूमा प्रशस्त मात्रामा कुटनीतिका प्रसङ्ग पाईन्छन् । श्रीकृष्ण, नारद, हनुमान आदि पूर्वीय कुटनीतिका सफल प्रयोक्ता हुन् ।  स्वतन्त्र राज्यहरूका माझ आधिकारिक सम्बन्ध सञ्चालनका लागि बुद्धि कुशलताको प्रयोग नै कुटनीति हो । कुटनीतिक आदान प्रदानद्वारा राज्यहरूको सम्बन्ध सुधार तथा आईपर्ने सम्भावित खतराबाट जोगाउन सहज हुन्छ ।  दुर्बल राज्य वा राजाले आफूभन्दा बलियो दुस्मनसँग व्यवहार गरेर विजय पाउने विद्याको अर्को नाम कुटनीति हो । बलिया राज्य एवं राजाले यस विद्याको प्रयोग गर्दछन् । सफलता हासिल गर्दछन् ।

कुटनीतिका अभ्यासीहरूले पहिले आफ्नो शक्ति राम्ररी बुझ्नुपर्दछ । हिन्दु परम्परामा “कालकहानी मित्राणि” ... भन्ने श्लोकांशले खुलस्त पारेको छ । आफ्नो शक्तिको नापतौल यस सिद्धान्तको प्रथम प्रयोग हो । निहुँ खोज्नु दोस्रो प्रयोग हो । कृष्ण र कौटिल्य विश्व कुटनीतिका दुईवटा उल्लेखनीय दृष्टान्त हुन् । कुटनीतिक छलफल गर्दा प्रतिद्वन्द्वीको उद्देश्यमाथि पनि दृष्टिगोचर गर्नुपर्दछ । भएका युद्ध एवं संघर्षको एकदिन अन्त हुनुपर्दछ । कहाँनेर पुगेर कसरी युद्ध वा संघर्षको सम्झौता हुन्छ भन्ने कुरा पारस्परिक छलफलमा निर्धारित हुन्छ । मित्रता सजिलैसँग छुटाउन सकिन्छ तर छिमेकी फेर्न अत्यन्त गाह्रो हुन्छ ।

यो सम्भव पनि हुँदैन । तसर्थ छिमेकीसँग कुटनीतिक सम्बन्ध राख्नु पर्दछ । कुटनीतिक सम्बन्धले दुवै देशको जन, धन एवं मनको संरक्षण गर्दछ । 
अर्जुनले युद्ध गर्नुको कारण गीतामा उल्लेख गरिएको कृष्ण दीक्षामा कृष्णले युद्ध सत्य प्राप्तिको उद्देश्यले युद्ध गर्नुपर्दछ भन्ने छ । हाम्रो आत्माले अर्थात्जीवले सत्यको पक्ष लिएको छ । सो कारण यो युद्धमा हामीले विजय प्राप्त ग¥यौँ भने आत्माको विजय हुन्छ । सत्यको विजय हुन्छ भनेर उद्घोष गरिएको छ । आत्म शब्दको अर्थ सत्य, धर्म, न्याय, शिष्य, पुत्र पनि हुन्छ । आत्मानः जायते पुत्रः सिद्धान्त अनुसार आत्मवान् पुत्र उत्पत्ति हुन्छ भन्ने मान्यता छ ।

पाण्डवहरूमा द्रौपदीबाट जन्मिएका सन्तानहरूभन्दा अभिमन्यु जो श्रीकृष्णका साख्य भान्जा पनि हुन् ।यसर्थमा पाण्डवहरूले विजय प्राप्त गरेको खण्डमायुधिष्ठिरादि पाँच भाइहरूको राज्याधिकार भोग पश्चात् अभिमन्यु कुमारको राजा हुने पालो आउँछ । जसरी पाण्डु,धृतराष्ट्र पछि ज्येष्ठताको आधारमा युधिष्ठिर राजकुमार युवराज घोषित भएका थिए । “पुत्रादिच्छेत् पराजयम्” भन्ने मान्यताका आधारमा आफू स्वयं राजा हुन नसके तापनि आफ्नो सन्तान अभिमन्यु राजा हुने र अभिमन्युको समेत विवाह भएकोले एवं रितले राजाको क्रम अर्जुनकै वंशमा आउने कुरा निश्चित हो उनले आत्म विजयको कुरा बारम्बार श्रीमद्भागवतगीतामा बताएको हुँदा आत्म भनेको पुत्र,सत्य,शिष्य,न्याय पनि हुन्छ । श्रीमद्भागवत्गीतामा उल्लेख गरिएको आत्मको राजनैतिक तथा कुटनीतिक मनन गर्दा श्रीकृष्णले अर्जुनलाई आत्मशब्द मार्फत् पुत्रमोह देखाएर पनि युद्ध गर्न तत्पर बनाएको बुझ्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ