arrow

प्रदेश नं. २मा काँग्रेसले जित्ने यस्तो छ रणनीति 

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
congress-123.jpg.jpeg

काठमाडौं। स्थानिय तहको चुनाव हुन बाँकी प्रदेश नं. २मा जीतको लागि काँग्रेसले रणनीति बनाएको छ। प्रदेश नम्वर २का नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति, संविधानसभा निर्वाचन २०७० का प्रत्यक्ष तर्फका उम्मेदवारका प्रत्यासी, पूर्व सांसदहरु र नगर सभापतिहरुको छलफलबाट काँग्रेसले रणनीति पारित गरेको हो। काँग्रेसले पारित गरेका राजनीतिक, विकास, कृषी उद्योग लगायतका प्रस्तावहरु यस प्रकार रहेका छन्। 

राजनैतिक प्रस्ताव
१. संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दलले संशोधन प्रस्तावको पक्षमा मतदान गरी सरकारले ल्याएको संशोधन प्रस्तावलाई पास गरी देशलाई राजनैतिक निकास दिन यो बैठक आग्रह गर्दछ । 
२. संविधान संशोधनको प्रस्तावमा नेकपा (एमाले) ले विमति राखेकोले देशले राजनैतिक निकास पाउन सकेको छैन । मधेसको राजनीतिक माग पुरा हुन सकेको छैन । तसर्थ, आजको यो २ नं. प्रदेशका नेपाली कांग्रेसको बैठकले नेकपा (एमाले) लाई संशोधन प्रस्तावको पक्षमा आफ्ना विचारहरु सकारात्मक बनाई संशोधन प्रस्तावको पक्षमा मतदान गरी देशलाई राजनीतिक निकाश दिन आह्वान गर्दछौं ।
३. २ नं. प्रदेशमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील कार्यकर्ता, शुभेच्छुक संघ संस्था, जनसमुदाय समेतलाई सक्रिय सहयोग गरी नेपाली कांग्रेसको पक्षमा मतदान गर्न अपिल गर्दछौं ।
४. स्थानीय तहको निर्वाचनले जनताको अधिकार संरक्षीत हुने सुनिश्चिततालाई मध्ये नजर गर्दै निर्वाचनमा सक्रिय सहभागी हुन राष्ट्रिय जनता पार्टी नेपाल एवं सबै राजनीतिक दललाई आह्वान गर्दछौं । 
५. स्थानीय तहको संख्या सरकारबाट बढाइएकोमा सो को तत्काल कार्यान्वयन गर्न सरकारसंग अनुरोध गर्दछौं । 

विकास सम्वन्धी प्रस्तावहरु
१. राजर्षि जनक विश्वविद्यालय जनकपुर एवं विरगंज विश्वविद्यालय विरगंजलाई तत्काल स्वीकृति गरी जनताको पहुँच, विश्वविद्यालयसम्म पुग्ने सुनिश्चितता गरियोस् ।
२. सुनकोशी कमला ड्राइभर्सनको डिपिआर तयार गरी पाँच वर्षभित्र तराईका जिल्लाहरुलाई सिंचाईको व्यवस्था अभिलम्व पूरा गरियोस् ।
३. कमला–वाग्मती एवं नारायणी सिंचाई आयोजनाको उन्नतस्तर बढाई योजनाको कमाण्ड एरियाको सिंचाई व्यवस्था परिपूर्ति तत्काल सरकारले गरोस् ।
४. दोस्रो चरणको कार्यक्रम अन्तर्गत हुलाकी पूर्व–पश्चिम राजमार्ग पाँच वर्षभित्र नेपाल सरकारले आफ्नै स्रोतबाट कार्यक्रम संचालन गरी निर्माण कार्य गरिसक्नु पर्ने छ । 
५. राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलव्ध गराउनका लागि मेडिकल कलेज २ नं. प्रदेशमा अनिवार्य रुपमा ३ वर्षभित्र संचालन भई सक्नु पर्ने कार्ययोजना बनाई जनसमक्षसम्म ल्याई सक्नु पर्नेछ ।
६. कृषकहरुको घनत्व २ नं. प्रदेशमा कृषि रोजगारमा ८० प्रतिशत जनताले आफ्नो मूल पेशा भएकोले कृषि क्याम्पस धनुषा जिल्लाको नाकटाझिज कृषि फारममा कृषि क्याम्पसको स्वीकृति तत्काल दिने निर्णय गरोस् ।
७. २ नं. प्रदेशमा व्यवसायीक शिक्षाको कमी रहेकोले अनिवार्य रुपमा इन्जिनियरिङ्ग क्याम्पस स्थापना गर्नु पर्नेछ ।
८. भारतको जयनगर –जनकपुर–विजलपुरा–बर्दिवाससम्मको व्रौडगेज रेल्वेको निर्माण काम भइरहेको हुँदा  १ वर्षभित्र रेल्वे संचालन भई सक्ने व्यवस्था सरकारले गरोस् ।
९. पूर्व–पश्चिम रेलमार्ग तत्कालका लागि बर्दिवासदेखि पथलैयासम्म सुरु भइसकेको कार्यलाई तत्काल तदारुकताको साथ सम्पन्न गरोस् ।
१०. नेपाल कृषि प्रधान देश भएको हुँदा कृषकहरुको घनावस्ती २ नं. प्रदेशमा नै भएकोले पशुपालन, मत्स्य पालनलाई प्राथमिकताका साथ सरकारले अनुदान समेतको कार्यक्रमलाई व्यवस्थित गदै प्रधानमन्त्री कृषि कार्यक्रम २ नं. प्रदेशमा तत्काल संचालन गराईयोस् ।
११. जनता आवास कार्यक्रमका लागि प्रयाप्त वजेटको व्यवस्था गरी विपन्न परिवारलाई आवासको सुविधा उपलव्ध गराउने कार्यक्रमलाई कृयाशील गर्दै आवासमा चाहिने उपयुक्त बजेटको व्यवस्था तत्काल गरोस् ।
१२. कृषि उत्पादकत्व वढाउनका लागि २ नं. प्रदेशमा रहेका कृषि फारमहरुद्वारा कृषि अनुसन्धान कार्यक्रमलाई तदारुकताका साथ अगाडी वढाउनुका साथै कृषि बजारहरुको आधुनीकरण, व्यवस्थापन अनिवार्यतालाई जोड दिने ।
१३. कृषि उत्पादनको उचित मुल्य दिलाउनका लागि सरकारले वजार व्यवस्थापन अनिवार्य गर्नु पर्नेछ ।
१४. उखु उत्पादक कृषकहरुलाई कारखाना मालिकहरुसंग समन्वय गरी उखु कृषकलाई उचित मुल्य सरकारले निर्धारण गरी कृषकलाई उखु बुझाएको एक महिनाभित्र कृषकको उखु मुल्य कृषकलाई उपलव्ध गराउने व्यवस्था मिलाओस् ।
१५. वेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिने,–“युवा स्वरोजगार कार्यक्रमलाई गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका ग्रामिण क्षेत्रसम्म पुर्‍याउने प्रतिवद्धता सरकारले तत्काल जारी गरोस् ।
१६. गरिबी निवारण कोषलाई व्यवस्थापन गर्दै सहकारी तथा गरिवी निवारण मन्त्रालयमार्फत कृषि विकास वैंकलाई सकृय बनाई ग्रामीण जनतासम्म गरिवि निवारणको कार्यक्रम लाई गरिव जनतासम्म पुर्‍याउने काम तत्काल सुरु गरोस् । 
१७. मानव सूचांकमा पछाडी परेको २ नं. प्रदेशलाई शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता अतिआवश्यक वस्तुहरु उपलव्ध गराउदै भौतिक पूर्वाधारको निर्माण एवं रोजगारी मुलक कार्यक्रमलाई प्राथमिकताका साथ जिवनस्तर सम्वृद्ध गर्नेतर्फ उन्मुख व्यवस्थापन गरोस् । 
१८. पर्यटन विकास –मिथिला एवं भोजपुरी संस्कृतिमा आधारित –तथा आन्तरिक पर्यटन विकासतर्फ आवश्यक कार्यक्रम सरकारबाट सुचारु गरोस् ।
१९. लाहानमा रहेको भोकेसनल शिक्षालयलाई स्तरउन्नत गरी ग्रामीण जनतालाई भोकेसनल शिक्षाको वृहत योजना बनाउने ।
२०. खेलकुदः आठै जिल्लामा स्टेडियम तयार गरी आधुनिक खेलकुदको व्यवस्थापनका लागि सरकारसंग अनुरोध गर्ने ।

कृषिजन्य उद्योगहरु
क) चिनि कारखाना –विरगंज तत्काल संचालन गर्नु पर्नेछ ।
ख) कृषि औजार कारखाना– विरगंजलाई संचालन गरी कृषकलाई अनुदान समेतको व्यवस्था अनिवार्य होस्।

चुनावी अभियान सम्वन्धी कार्यक्रम
१. प्रदेश नं. २ को आठवटै जिल्लाका केन्द्रीय सदस्यहरु, वर्तमान वा पूर्व सांसदहरु, जिल्ला सभापतिहरु, २०७० को उम्मेदवारहरु, क्षेत्रीय सभापतिहरु, महाधिवेशन, महासमितिका प्रतिनिधि साथीहरु, १२७ वटै पालिकाका सभापतिहरु, भातृ संगठनका सभापतिहरु लगायतको सहभागितामा जनकपुरमा विस्तारित भेला गर्ने । केन्द्रीय सभापति एवं वरिष्ठ नेता, केन्द्रीय पदाधिकारीहरुले सो विस्तारित भेलामा सम्वोधन गर्नेछन् । उक्त भेलाको मिति केन्द्रबाट तुरुन्त तय गर्न अनुरोध गर्ने ।
२. विरगंजमा वृहत चुनावी आमसभा गर्ने ।
३. आठ वटै जिल्लाको सदरमुकाममा चुनावी आमसभा गर्ने । यी आमसभाहरुमा पार्टी सभापति, वरिष्ठ नेता एवं अन्य शीर्ष नेताहरुको सहभागीता गराउने ।
४. अन्य चुनावी कार्यक्रमहरु जिल्ला, क्षेत्र र स्थानीय तहहरुले आफै तय गरी परिचालन गर्ने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ