arrow

अवरुद्ध महाकाली राजमार्ग पुनः सुचारु

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
baglungroad.jpeg

बैतडी । गएराति परेको पानीले सडक माथिबाट पहिरो खस्दा अवरुद्ध भएको महाकाली राजमार्ग सनिबार अपरान्हदेखि पुनः सञ्चालनमा आएको छ । 

बैतडीको सतबाझदेखि–गोकुलेश्वर सडकखण्ड अन्तर्गतपर्ने डिलाशैनी ६ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध बनेको सडक स्थानीय बासिन्दा र प्रहरीले पन्छाएपछि सडक पुनः सञ्चालनमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिए । 

बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको थियो । सडक सुचारु भएपछि बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटादुरीका यातायातका साधन गन्तव्यतिर लागेका छन् । 

सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला , बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ