arrow

१५० वर्षको परम्परा तोड्दै आर्थिक वर्ष परिवर्तन गर्ने तयारीमा भारत

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
arun_jetli.jpg

काठमाडौं । भारत सरकार अहिलेको वित्त वर्ष परिवर्तन गर्ने तयारीमा पुगेको छ । १ सय ५० वर्षदेखि चलिआएको प्रणालीलाई परिवर्तन गर्दै भारत सरकारले जनवरीदेखि डिसेम्बरसम्मलाई वित्त वर्षको रुपमा मनाउने तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय अर्थमन्त्री अरुण जेट्लीले शुक्रबार भारतको संसद्मा सोधिएको एक प्रश्नको उत्तर दिने क्रममा यस्तो बताएका थिए । 

वित्त वर्ष परिवर्तन गर्ने विषयमा छलफल चलिरहेको छ जेट्लीले भने पूर्व मुख्य आर्थिक सल्लाहकार शंकर आचार्यको संयोजकत्वमा गठित एक समितिले दिएको सुझावको आधारमा जनवरीदेखि आर्थिक वर्ष सुरु गर्नै तयारीमा भारत सरकार पुगेको हो । अहिले भारतमा अप्रिलदेखि मार्च सम्म वित्त वर्ष चल्ने गरेको छ । वित्त वषभित्र्र सम्पूर्ण मुलुकका आर्थिक क्रियाकलाप सम्पन्न हुने गरेको छ । नेपालमा साउनदेखि असारसम्म आर्थिक वर्ष चल्ने गरेको छ । 

अर्थमन्त्री जेट्लीले बजेट भने यो वर्ष पुरानै मितिमा बजेट पेश हुन्छ ? या त नयाँ मितिमा बजेट पेश हुन्छ ? भन्ने विषयमा भने यकीन नभएको बताए । उनले यो छलफल सकिएपछि बजेट पेश हुनेबेलासम्म कुर्नैपर्नै बताए । भारतमा नयाँ वित्त वर्षको आवश्यकता किन पर्यो भन्ने विषयमा भने स्पष्ट पारिएको छैन । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ