arrow

सुदुरपश्चिममा पहिलो पटक काठे पुलमा गाडी

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
bajhang.JPG.jpeg
शैलेन्द्र  रोकाया ,बझाङ । बारम्बार पहल गर्दा पनि सरकारले सेती नदीमा पुल हाल्न चासो नदेखाए पछि बझागंको छान्ना क्षेत्रका स्थानिय बासीहरुले सेती नदीमा काठको पुल मा गाडी गुडाएका छन् । सुदुर पश्चिममै पहिलो पटक स्थानिय बासीहरुले सेती नदीमा पुल हाली गाडी तराए पछि छान्ना क्षेत्रको  सेती लोकमार्ग अन्तरगतको दश किलो मिटरमा बिहीबार गाडी गुडेको हो । बझाङ मुल सडकको तमैल सेती नदिमा काठेसाँगु हालेर छान्नाका वासिन्दाहरुले पहिलो पटक सेती पारी गाडी लिएपछि यस क्षेत्रमा उत्साह छाएको छ  ।
 
छान्ना क्षेत्रका  प्रत्येक परिवारका प्रतिसदस्य बाट एक लिटर तेल अभियान सन्चालन गरि  र्निमाण सुरु गरेको तमैल — थामलेख सडक खण्डको कालुखेती सम्म गाडी गुडे पछि स्थानियबासीले बाजागाजा सहित स्वागत गरेका छन् । गत वर्ष र्निमाण सुरु गरेको तमैल मुल सडक  देखी १३ किलोमिटर ग्रामिण क्षेत्र कालुखेती सम्म गाडी गुड्ने बाटो  तयार भएपछि बुधवार सडक उद्घाटन गरि यहाँ यातायातका साधानहरु आवत जावत गर्न थालेका हुन । जिवनभरी पिठियुमा भारी बोकेर जिवन गुजार्दै आएका छान्ना क्षेत्रकावासिन्दाहरुका अब दुखका दिन गएका सडक र्निमाण समितिका संयोजक अर्जुन थापाले वताउनु भयो । हामीले सुरुमा एक व्यक्ति एक लिटर तेल अभियान वाट स्काभेरले सडक काट्न सुरु गरेका हौं  यसपाली कालुखेती गाडी पुर्याएका छौ आउदो साल बाजुरा र बझाडको सिमाना थामलेखमा गाडी पुर्याउने लक्ष्य रहेको छ वहाले बताउनु भयो । 
 
छान्ना क्षेत्रमा रहेका छ गाविस पौवागढी, लामातोला, माझिगाँउ, कालुखेती, पाटादेवल, गडरायका प्रत्यक व्यक्तिले बाटो खोल्ने स्काभेटर मेसिनका लागी आफ्नो परिवारका सदस्यलाई पर्ने डिजल खरिद गरेर दिन्छन् ।  कोहि परिवारले  सो  वरावरको नगद पैसा पनि समिति लाई दिने गरेका छन्  । जनताले दिएको एक लिटर तेलवाट १५ लाखको ईन्धान उपलव्ध भएको वताउदै माझिगाँउका अगुवा वर्क रोकायाले अन्य रकम गाविस, जिविस, सडक बोर्ड, सांसद  विकासको रकम पनि संकलन हुदै आएको  समेत जानकारी दिनु भयो । तमैल देखी थामलेख २३ किलो मिटर  र थामलेखदेखी विविरा १८ किलो मिटर सडक खोल्ने काम हामी जनसहभागी वाटै गर्छौ र हाम्रो माग अब सरकारले तमैल सेती नदिमा पुल र्निमाण गरि देउ वहाले बताउनु भयो  । 
 
से
ती नदीमा काठेसाँगु माथी माटो भरी गाडी जाने बनाए पछि  सदरमुका चैनपुर सम्म छान्ना क्षेत्र यातायातमा जोडिदाँ सामान लिएर जिव ट्याक्टर साना भ्यानहरु कालुखेतीमा जाने र त्यहाँ वाट आलु चोतो तिकुलो,स्याउ,सुन्तला सदरमुकाम आउन थालेको छ  । साथै यहाँ वाट अब खप्तड राष्टिय निकुञ्ज र बाजुरा अछाम जान पनि सजिलो भएको छ । बर्सात नआउन्जेल बैशाख जेठ सम्म यहाँ गाडी चल्ने छन् । 
 
सेती पारी २० गाविस रहेको बझाङ जिल्लामा सेतीमा पक्की पुल नहुदाँ यहाँका वासिन्दाले दिगो रुपमा यातायातको सुविधा पाउन सकेका छैनन्  ।   छान्ना क्षेत्रका स्थानिय अगुवा अर्जुन थापा, वर्ग रोकाया, बिस्नु थापा को सक्रियताले सरकारले काट्नु पर्ने राष्टिय गौरबको सेती लोकमार्गको  केहि अंश जनसहभागीतामा काटी गाँउमा गाडी पुर्याउनु उदाहरणीय काम भएको वताउदै स्थानिय विकास अधिकारी आत्मराम बस्यालले अब केन्द्रबाट बजेट राख्न आफु पहल गर्ने समेत जानकारी दिनु भयो  ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ