arrow

गृहमन्त्री शर्मा र बद्री पंगेनी एकै मञ्चमा

logo
प्रकाशित २०७४ साउन ७ शनिबार
badri.jpg

काठमाडौं । केही दिन अघि जुवाको खालबाट पक्राउ परेको भनि चर्चामा आएका लोक गायक बद्री पंगेनी र गृहमन्त्री जनार्दन शर्मा एकै मञ्चमा देखिएका छन् ।

कमलादीमा पंगेनी र शर्मा एकै ठाउँ हुने अवसर जुट्यो । पाँचौ राष्ट्रिय लोक दोहोरी अवार्डको मुख्य अथिति भएर गएका गृहमन्त्री शर्मालाई पंगेनीले नै खादा लगाएर स्वागत गरे ।

पंगेनी कार्यक्रमको सभापति थिए । उनी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका अध्यक्ष हुन् । ढिलो गरी कार्यक्रममा पुगेका शर्माको प्रवेशलगत्तै कमलादीको प्रज्ञाभवन गुञ्जयमान भयो ।

शर्मा र पंगेनीले कुम जोडेर बस्ने अवसर अवार्डले जुराइदिएकाे हाे । गृहमन्त्री शर्माले विभिन्न कलाकारलाई सम्मान गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ